Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफी एलिट कपको उपाधि

- shuvadmin / बिहिबार, माघ ०३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहीबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिसले उपाधि जितेको हो ।

आर्मीलाई उपाधि जित्ने सुनौलो मौका थियो । तर, ऊ फाइनल खेलको दोस्रो इनिङमा ७४ रनमै अलआउट भयो ।

आर्मीका लागि यस इनिङमा इमरान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले ११/११ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

आर्मीलाई ७४ रनमै अलआउट गर्नेक्रममा पुलिस क्लबका स्पिनर सागर ढकालले १४.२ ओभरमा ३५ रन दिएर ६ विकेट लिए ।

यस्तै, अर्का स्पिनर ललितनारायण राजवंशीले १५ ओभरमा ३९ रन दिएर ४ विकेट हात पारे । पहिलो इनिङमा आर्मी १७० रनमा अलआउट भएको थियो ।

उसका लागि भीम सार्कीले ५८, बसिर अहमदले ४०, सोमपाल कामीले ३२, विनोद भण्डारीले १४ र इमरान शेखले १० रन बनाए ।

पुलिसका लागि सागर ढकालले पाँच, कुशल भुर्तेलले तीन तथा गुलशन झा र ललित राजवंशीले एकरएक विकेट लिए ।

वीरगञ्जस्थित नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको मौका पाएको पुलिसले पहिलो इनिङ १३३/९ को अवस्थामा समाप्तिको घोषणा गर्‍यो ।

उसका लागि कुशल भुर्तेलले ५१, अर्जुन साउदले २८, अमित श्रेष्ठले २० र राशिद खानले १० रन बनाए ।

आर्मीका लागि साहब आलमले १२.४ ओभरमा ३७ रन दिएर सात विकेट लिए । यस्तै, सोमपाल कामी र बसिर अमदले एकरएक विकेट लिए ।

दोस्रो पारीमा पुलिस १३९ रनमा अलआउट भयो । उसका लागि कुशल भुर्तेलले ४५, दिलिप नाथले ३४, राशिद खानले १८ र अमित श्रेष्ठले १३ रन जोडे ।

आर्मीका लागि साहब आलम र बसिर अहमदले पाँचरपाँच विकेट लिए ।

Page Views: 51
संबन्धित शिर्षकहरु
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama