Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यू-१९ विश्वकप आजदेखि, नेपाल बंगलादेशसँग भिड्दै

- shuvadmin / शनिबार, माघ ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दोस्रो संस्करणको आइसिसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि मलेसियामा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता रहनेछ ।

नेपाली टिम एसिया छनोट विजेताका रूपमा विश्वकप खेल्न लागेको हो । नेपाल गत कात्तिकमा भएको विश्वकप छनोटमा सबै टोलीलाई हराउँदै च्याम्पियन बनेको थियो ।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूह चरणमा नेपालले पहिलो खेलमा टेस्ट टिम बंगलादेशको सामना गर्ने तालिका छ ।

नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा शनिबार दिउँसो सवा १२ बजेदेखि मलेसियाको बांगीमा सुरु हुनेछ ।

बंगलादेशसँग विगत नतिजा

हालसम्म यू–१९ महिला क्रिकेटमा नेपालले एकपटक मात्र बंगलादेशसँग खेलेको छ । गत डिसेम्बरमा भएको यू–१९ एसिया कपमा उक्त पहिलो भेटमा नेपाल ९ विकेटले पराजित भयो ।

नेपाल अब उक्त हारको बदला विश्वकपमा लिने सोचमा छ । त्यसका लागि नेपालले उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्न आवश्यक छ ।

किनकी तुलनात्मकरूपमा बंगलादेशको टिम अनुभवी छ । उसले पहिलो संस्करणको यू–१९ विश्वकपमा अस्ट्रेलियालाई हराएर सनसनी मच्चाएको थियो ।

र, बंगलादेशको टिममा रहेका केही खेलाडीसँग सिनियर टोलीबाट क्रिकेट खेलेको अनुभव पनि छ ।

बंगलादेशी टिमको कप्तानी सुमैया अख्तरले गर्ने छिन् । उनले गत संस्करणको विश्वकपका पनि खेलेकी थिइन् ।

साथै, अख्तरले बंगलादेशको सिनियर टिमबाट दुईवटा म्याच खेलिसकेकी छन् । उनीसँगै सिनियर टोलीबाट खेलिसकेका हबिबा इस्लाम र निशिता अख्तर निशी पनि बंगलादेशको यू–१९ टिममा छन् ।

यता नेपालको टिममा कप्तान पूजा महतो सर्वाधिक अनुभवी खेलाडी हुन् । उनले सिनियर टिमबाट २० टी–२० आई म्याच खेलिसकेकी छन् ।

पूजाले राम्रो अलराउन्ड प्रदर्शन गर्दै आएकी छन् ।

यू–१९ क्रिकेटमा त उनी नेपाली टिमकी प्रमुख हतियार हुन् । पूजाकै कप्तानीमा नेपाल विश्वकपमा छनोट भएको थियो ।

यस्तै, उनको नेतृत्वमा नेपालले यू–१९ एसिया कपमा पाकिस्तानलाई हराउँदै इतिहाससमेत रचिसकेको छ ।

त्यस्तै, नेपाली टिमकी अर्की महत्वपूर्ण खेलाडी हुन्, उपकप्तान सोनी पाख्रिन । उनले नेपालका लागि दुई टी–२० आई खेलेकी छन् ।

नेपाली टिममा अनुभवी खेलाडीको रूपमा सना प्रवीन पनि छिन् । उनी ओपनिङ ब्याटर हुन् । सनाले सन् २०२२ को यू–१९ विश्वकपको छनोटदेखि नेपालको यू–१९ टिमबाट खेलिरहेकी छन् ।

उनीहरूसहित नेपालको विश्वकप टिममा सावित्रा धामी, किरणकुमारी कुँवर, अनु कडायत, कुसुम गोदार, सिमाना केसी, कृष्मा गुरुङ, अलिशाकुमारी यादव, रिया शर्मा, रचनाकुमारी चौधरी, ज्योत्सनिका मरासिनी, तृष्णा विक र स्नेहा महरा रहेका छन् ।

विश्वकपमा नेपालले दोस्रो खेलमा २० जनवरीमा स्कटल्याण्ड र २२ जनवरीमा अस्ट्रेलियाको सामना गर्ने तालिका छ ।

Page Views: 67
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama