Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यू-१९ विश्वकपबाट बाहिरियो नेपाल, अस्ट्रेलियाविरुद्ध ८३ रनले पराजित

- shuvadmin / बुधबार, माघ ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल आइसिसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

समूह ‘डी’ अन्तर्गत बुधबार अस्ट्रेलियाविरुद्ध ८३ रनले पराजित भएसँगै औपचारिकरूपमा नेपाल विश्वकपबाट बाहिरिएको हो ।

नेपालले यू–१९ महिला विश्वकपकव् पहिलो सहभागितामा तीनवटै खेलमा पराजय बेहोर्‍यो ।

नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः बंगलादेशसँग ५ विकेट तथा स्कटल्याण्डविरुद्ध एक विकेटको हार बेहोर्‍यो ।

समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान पूजा महतोले ४२ बलमा सर्वाधिक १८ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

अस्ट्रेलियाका लागि जुलिएट मोर्टनले ४ ओभरमा एक मेडनसहित १० रन दिएर सर्वाधिक दुई विकेट लिइन् ।

त्यसअघि मलेसियास्थित युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३९ रन बनायो ।

उसका लागि काओइमहे ब्रायले ४५, एलेनोर लारोसाले ३१, हसरत गिलले ३० र क्लोए आइन्सवर्थले १६ रन जोडिन् ।

नेपालका लागि कप्तान पूजा महतोले चार ओभरमा ३१ रन दिएर तीन विकेट लिइन् । यस्तै, सीमाना केसीले दुई र रिया शर्माले एक विकेट लिइन् ।

Page Views: 58
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama