Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

- shuvadmin / आइतबार, माघ १३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ।

यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ।

पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ।

विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा(सुरुवाल र ज्वारीकोटमा देखाइएको छ।

उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ। उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ।

साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले चलचित्रको गहिरो कथावस्तु झल्काएको छ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन्।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत छन्।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायांकन गरेका हुन् ।

‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने भएको छ। यो चलचित्रलाई यस वर्षकै प्रतिक्षित फिल्ममध्ये एक मानिएको छ।

Page Views: 42
संबन्धित शिर्षकहरु
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
ताजा अपडेट
  • सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
  • आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • तराई भेगमा केही दिन गर्मी बढ्ने
  • विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा
  • अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन निर्देशन
  • बागलुङमा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा
  • एमालेले कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै
  • मूल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनकाे प्रदर्शन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama