Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिकोणात्मक महिला टी-२० सिरिज आजदेखि, पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स भिड्दै

- shuvadmin / बिहिबार, माघ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्डबीचको त्रिकोणात्मक महिला टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स आमनेसामने हुने छन् । 

यी दुई टिमबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार मध्यान्ह सवा १२ देखि सुरु हुनेछ ।  

नेपाल–नेदरल्याण्डसको पहिलो भेट 

नेपाली टिम महिला क्रिकेटमा पहिलोपटक नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । नेपालसामु पहिलो भेटमै नेदरल्याण्ड्सलाई हराएर इतिहास रच्ने मौका छ ।

घरेलु मैदानमा खेल्न लागेकाले पनि नेपालले नेदरल्याण्ड्सलाई हराउने सम्भावना छ ।  यद्यपि नेदरल्याण्ड्सलाई हराउन नेपाललाई सहज हुने छैन ।

नेदरल्याण्ड्सले महिला क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएको छ । ऊ आइसिसी टी–२० आई वरीयतामा पनि नेपालभन्दा अगाडि छ । 

पछिल्लो टी–२० वरीयतामा नेदरल्याण्ड्स १६ औँ र नेपाल २० औँ स्थानमा छ । यदि यस सिरिजमा नेपालले राम्रो प्रदर्शन गर्न सके वरीयतामा पनि सुधार गर्नेछ । नेपाली महिला टिम ६ महिनापछि मैदानमा फर्किँदै छ । 

नेपालले पछिल्लोपटक गत जुनमा एसिया कप खेलेको थियो । उक्त प्रतियोगितामा नेपालले पहिलोपटक भारत र पाकिस्तानसँग खेल्यो, जहाँ नेपाल दुवै खेलमा पराजित भयो ।

त्यसपछि भने नेपालको महिला टिमले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएको छैन । 

नेपाल अब सन् २०२५ मा नेदरल्याण्ड्सविरुद्ध जीत निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । त्यसका लागि नेपालले ब्याटिङ र फिल्डिङमा विशेष काम गर्नुपर्छ ।

विगतमा नेपाली महिला टिमले खराब फिल्डिङ र ब्याटिङका कारण जीत नजिक पुगेका धेरै खेल गुमाएको छ । यसपटक नेपालले ती गल्तीलाई सच्याउनुपर्छ । 

हालै प्रधानमन्त्री कप खेलेकाले खेलाडीले राम्रो अभ्यास पाएका छन् । धनगढीमा भएको यस प्रधानमन्त्री कपमा ममता चौधरी, कप्तान इन्दू बर्मा, मनीषा उपाध्याय र रेवती धामीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

गत शनिबार सम्पन्न उक्त प्रतियोगितामा ममताले ६ खेलमा सर्वाधिक २०९ रन बनाइन् । 

यस्तै, दोस्रो स्थानमा रहेकी इन्दूले ५ इनिङ्समा दुई अर्धशतकको सहयोगमा १ सय ७२ रन बनाइन् । बलिङमा मनीषा उपाध्यायले ५ खेलमा ३.०६ को इकोनमीमा सर्वाधिक १० विकेट लिइन् । 

प्रधानमन्त्री कप च्याम्पियन एपिएफप्रधानमन्त्री कप च्याम्पियन एपिएफ

यस्तै, दोस्रोमा रहेकी रेवती धामीले ६ इनिङ्समा ८ विकेट हात पारिन् । उच्च लयमा रहेका यी चारै खेलाडी त्रिकोणात्मक सिरिजका लागि नेपाली टिममा छन् ।

साथै, नेपाली यू–१९ टिमकी कप्तान पूजा महतो पनि राम्रो लयमा छिन् । उनले हालै मात्र आइसिसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिन् । 

पूजाले विश्वकपमा चार खेलमा ४.३४ को इकोनमीमा ९ विकेट लिइन् । उनी प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक विकेट लिने बलर बनिन् ।

साथै, ब्याटिङमा पनि पूजाले ठीकठाक प्रदर्शन गरेकी थिइन् । उनी आफ्नो लय त्रिकोणात्मक सिरिजमा पनि जारी राखेर नेपाललाई जित दिलाउन पूरा कोसिस गर्ने छिन् । 

नेपालको सम्भावित प्लेइङ–११ : सीता राना मगर, सम्झना खड्का, ममता चौधरी, इन्दू बर्मा, कविता कुँवर, रुबिना क्षेत्री, बिन्दू रावल, पूजा महतो, कविता जोशी, रेवती धामी र मनीषा उपाध्याय । 

Page Views: 53
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कांग्रेस उपसभापति शर्माको प्रस्ताव : ‘देउवाले उठाएको परिवर्तन र युवा नेतृत्वको मुद्दालाई राष्ट्रिय भेलाको केन्द्र बनाऔँ’
  • देउवाको उपस्थितिमा कांग्रेस इतर समूहको भेला शुरु, नेतृत्व र भावी रणनीतिबारे छलफल
  • सुदूरपश्चिम प्रदेशकाे मुख्यमन्त्रीमा खगराज भट्ट
  • चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
  • वर्षाका कारण राजमार्गसहित विभिन्न सडकखण्डमा यातायात प्रभावित
  • आजबाट का‌ग्रेस संस्थापनइतर समूहको भेला शुरु हुने
  • अमेरिकी डलरको मूल्य बढ्दा अन्य विदेशी मुद्राकाे अवस्था के छ ?
  • थवाङमा पहिरोको कहर : मृत्यु हुनेको संख्या ७ पुग्यो, पाँच जना अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama