Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्यानले सम्झौता नवीकरण नगरेपछि प्रशिक्षक मोन्टीको धन्यवाद

- shuvadmin / आइतबार, माघ २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईको दुईवर्षे कार्यकालको समाप्तिसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) ले सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।

क्यानले शनिबार साँझ विज्ञप्ति जारी गर्दै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नगर्ने घोषणा गरेको थियो ।

क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा मोन्टीले दुई वर्षमा नेपाली क्रिकेटलाई ठूलो सफलता दिलाएको र उनको योगदानप्रति धन्यावाद दिएको थियो ।

क्यानले सम्झौता नवीकरण नगर्ने भएपछि प्रशिक्षक मोन्टीले सामाजिक सञ्जालमार्फत नेपालीलाई धन्यवाद दिएका छन् । आइतबार उनले सामाजिक सञ्जालमम लेख्नुभएको छ, ‘‘प्रिय नेपाल यो बिदाइ होइन, यो धन्यवाद हो ।’’

उनले सन् २०२३ जनवरी १० मा क्यानले दिएको अवसरलाई नेपाली क्रिकेटमा स्थायी प्रभाव पार्ने तथा नयाँ कथा बनाउने आशा र उद्देश्यका साथ आफूले अज्ञात यात्रा तय गरेको पनि उल्लेख गरेका छन् ।

मोन्टीले आफ्नो दुईवर्षे कार्यकाल अविस्मरणीय रहेको र ऐतिहासिक उपलब्धिले भरिएको क्षणको स्मरणसमेत गरेका छन् ।

उनले त्रिवि मैदानमा नेपालले एसिया कप छनोट खेल्दा रुखमा चढेर र छातामुनि उभिएर समर्थन गरेको क्षण र मूलपानी मैदानमा नेपाल विश्वकप छनोट हुँदा दर्शकको भीडले दिएको उर्जा सधैं अविस्मरणीय रहेको पनि बताए ।

नेपाली क्रिकेटको आरोह–अवरोहबिच क्यान व्यवस्थापन, खेलाडी, खेलाडी छनोट समिति, क्यान पदाधिकारी, प्रशिक्षक, स्कोरर, ग्राउन्डसम्यान, क्यामराम्यान, कमेन्टेटर साथै कप्तान रोहित पौडेलसँग आफूले सानो भूमिका दिन सकेकोमा कृतज्ञ रहेको बताए ।

मोन्टीले नेपालका अटुट क्रिकेट समर्थक नेपाली क्रिकेटको सबैभन्दा बलियो पक्ष रहेको उल्लेख गर्दै नेपाली टोलीलाई निरन्तर विश्वास गरिरहन आग्रह गरेका छन् ।

उनले नेपाल आफ्नो दोस्रो घर बनेको उल्लेख गर्दै क्रिकेट केवल खेल मात्र नभएर भावना भएको र यसले सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाउने उल्लेख गर्दै जय नेपाल लेखेर आफ्नो भनाइ टुङ्ग्याएका छन् ।

मोन्टीको प्रशिक्षणमा नेपालले आईसिसी लिग–२ को पछिल्ला १२ खेलमा लगातार ११ जित निकाल्दै एक दिवसीय मान्यता जोगाएको थियो ।

त्योभन्दा बढी नेपाल १० वर्ष पछि आईसिसी टी–२० विश्वकपमा छनोट हुँदै विश्वकप खेलेको थियो ।

अमेरिका र वेस्ट इन्डिजमा भएको विश्वकपमा नेपाल समूह चरणबाट बाहिरिएको थियो ।

यस्तै नेपाल एसिया कपमा छनोट हुन नसके पनि मोन्टीको प्रशिक्षण काल नेपाली क्रिकेटका लागि उत्कृष्ट बन्यो ।

Page Views: 59
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama