Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘सांसदको गरिमा खस्कियो, जनताको कुरा नै राख्न पाइएन’

- shuvadmin / आइतबार, माघ २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

कमलादेवी पन्त

म राजनीतिक पारिवारिक वातावरणमा हुर्किएकी हुँ । यसै सिलसिलामा राजनीतिक अधिकारका लागि अग्रपङ्क्तिमा रहेको पद्मकन्या क्याम्पसमा म अध्ययनका लागि आइपुगेकी थिएँ ।

नेपाली कांग्रेसका अग्रज नेताहरूको सामीप्यले मलाई लोकतान्त्रिक शासन व्यवस्थाका पक्षमा अझ सक्रिय भएर अघि बढ्न प्रेरणा पनि मिल्यो ।

राजनीतिमा लागेर अध्ययन बिग्रने हो कि भन्ने घरपरिवारको चिन्ताबीच मैले राजनीति र पढाई दुवैलाई एकसाथ अघि बढाएँ ।

कांग्रेसले तत्कालीन पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलन गरिरहेका बेलामा म पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सहसचिव थिएँ ।

वि.सं २०४५ मा भएको निर्वाचनबाट स्ववियु सभापतिमा चुनिएँ । पार्टीका काममा पनि सक्रिय म २०४६ सालको जनआन्दोलनमा अझ सक्रियतापूर्वक लागेँ ।

कुनै पनि हालतमा जनआन्दोलन सफल बनाउनुपर्छ भनेर हामी विद्यार्थीले कम्मर कसेर लागेका थियौँ ।

संविधानमा भएका मौलिक हक कार्यान्वयन हुन नसक्नु अर्को दुर्भाग्य हो । कानून बनाउँछौँ । तर, ऐनको नियमन गर्न सक्दैनौँ ।

सहकारी ऐनलाई राम्रोसँग कार्यान्वयन गर्न सकेको भए अहिलेको समस्या आउने थिएन । अनि सांसद नै सहकारी ठगीमा संलग्न हुनु निकै दुःखद् हो ।

कांग्रेसका नेताहरू पनि भ्रष्टाचारको मुद्दामा जेल जानुभएको छ । तर, कांग्रेस त सडकमा गएन नी । अहिले त सडकमा गएर अराजकरूपमा विरोध भइरहेको छ । यो राजनीतिक संस्कार होइन ।

मेरो जुझारु स्वभाव र क्षमता देखेर नै कांग्रेसले २०५१ सालको आमचुनावमा मलाई गोरखाबाट सांसदका लागि टिकट दियो ।

मैले २०५१ र २०५६ सालमा गोरखाबाट संसद्को चुनाव जितेकी थिएँ । महिला भएर राजनीति गर्न सहज भने थिएन् ।

राजनीतिमा लागिसकेपछि पुरुषसँग पनि हिँड्नुपर्थ्यो । कोसँग हिँडेको भन्ने प्रश्न आउँथे । महिलासँग मात्रै हिँडेर त साध्य हुन्थेन नी ।

महिला भएर राजनीति गर्न अहिलेकोभन्दा पहिला चुनौती बढी थियो ।

वि.सं २०४६ मै हामीले बहुदलीय संसदीय व्यवस्था अङ्गालेका भएपनि देशभित्र माओवादीको सशस्त्र आन्दोलन, सरकारहरुको निर्माण र विघटन, पार्टीभित्र र बाहिर अन्तद्वन्द्व चरम अवस्थामा थियो ।

यहीबीच राजाले बहुदलीय व्यवस्थामाथि नै धावा बोले । त्यसकाविरुद्ध माओवादी र तत्कालीन सात दलबीच सहकार्य भएर २०६२/६३ सालमा फेरि आन्दोलन भयो ।

यी आन्दोलनबाट देशकै शासकीय स्वरूपमा नयाँ अध्याय सुरु भयो । हामी गणतान्त्रिक मुलुकमा रूपान्तरित भयौँ ।

मुलुकमा गणतन्त्र त आयो, तर पछिल्लो समय राजनीतिक संस्कार नै हराउन थालेको आभास भइरहेको छ । अर्थतन्त्र मन्दीको अवस्थामा छ ।

सरकारहरूले यो चुनौतीलाई कसरी व्यवस्थापन गर्ने हो भन्ने प्रश्न तेर्सिएको छ । विकास, निर्माणका कार्यहरू कसरी सञ्चालन गर्ने रु ऋण कसरी तिर्ने ? यी चुनौती हरेक सरकारकासामु प्रश्न बनेर उभिएका छन् ।

अर्को विषय भनेको, बोल्ने तर काम नगर्ने चलन व्याप्त भयो । सरकारले जनतालाई आश्वस्त तुल्याउन सक्नुपर्छ । जनताको विश्वास जित्नुपर्छ ।

उनीहरुको मुहार हँसिलो हुँदै जानुपर्छ । जनतालाई खुसी हुन दिनुपर्छ । विडम्बना, राजनीतिमा एकले अर्कालाई गाली गर्ने चलन बढेको बढ्यै छ, असहिष्णु व्यवहारले जरो गाडेको छ ।

यो प्रवृत्तिमा सुधार हुनुपर्छ । राजनीतिक नेतृत्व र जनताकाबीचको खाडल अझ फराकिलो हुँदै जान थालेको आभास भइरहेको छ ।

जनता र राजनीतिलाई जोड्नुपर्ने अहिलेको आवश्यकता हो । यो कार्य जतिसक्दो चाँडो हुनुपर्छ, नत्र मुलुकमा अर्को दुर्भाग्य निम्तिन सक्छ ।

राज्यलाई पनि जनताले विश्वास गर्ने वातावरण हुनुपर्छ । हरेक कुरामा राजनीतिक रङ्ग छर्नु हुँदैन् । जस्तै, मन्त्रालयका सचिवहरूलाई पनि राजनीतिक रङ्ग लगाइएको छ ।

आफ्नो स्वार्थअनुसार रातारात सरुवा गरिन्छ । कसलाई सचिव राख्दा कार्यदक्षता बढ्न सक्छ पो हेर्नुपर्छ । उनीहरुको दक्षताको मूल्याङ्कन हुनुपर्छ । राज्यप्रतिको विश्वास र अर्थ आर्जन अहिलेको आवश्यकता हो ।

पहिला त हामीले संविधानको इमान्दाररूपमा कार्यान्वयन गर्नुपर्छ । यति सुन्दर संविधान छ । अहिले संवैधानिक आयोगहरूले राम्रो काम गर्न सकिरहेका छैनन् ।

जनताको जीवनस्तर के छ ? अनुगमन गर्नुपर्छ । जनताको पेटभरि खान पाउने अधिकार सुनिश्चित गर्नुपर्छ । उनीहरूलाई अधिकारसम्पन्न बनाउनुपर्छ । किन काम हुन सकेन निगरानी गर्न आवश्यक छ ।
राजनीतिमा समस्याहरू अझ झाङ्गिँदै गएको पाइन्छ । सांसदको गरिमा खस्किएको छ । एकअर्कामा आरोप प्रत्यारोप बढ्दो छ ।

आज झगडा, भोलि सत्ता परिवर्तन हुन्छ । अनि भाषा फरक हुन्छ । सांसदले आफू आबद्ध दलको निर्देशन (ह्विप) मान्नुपर्छ, तर सांसदले मनमा लागेको कुरा बोल्न पाइँदैन भन्ने हुन्छ र ? जनताले चाहेको कुरा हरेक सांसदले संसद्मा भन्न पाउनुपर्छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यले भनेको मात्रै मान्नुपर्छ भन्ने त हुन्न । हामी सांसदले जनताको पुलको काम गर्नुपर्छ । जनताको भावना सम्बोधन हुनेगरी काम गर्नुपर्छ ।

सांसदहरू स्वयं पनि रचनात्मक हुनुपर्छ । संसद् राम्रोसँग चल्न पाएको छैन । कसरी असफल बनाउने भन्ने मात्र देख्छु ।

आफूलाई लागेको कुरा बोलेर राख्नुपर्छ नी । अर्को कुरा, संसदीय आचरणलाई ध्यान पुर्‍याउनुपर्छ । संविधानमा भएका मौलिक हक कार्यान्वयन हुन नसक्नु अर्को दुर्भाग्य हो ।

कानून बनाउँछौँ । तर, ऐनको नियमन गर्न सक्दैनौँ । सहकारी ऐनलाई राम्रोसँग कार्यान्वयन गर्न सकेको भए अहिलेको समस्या आउने थिएन ।

अनि सांसद नै सहकारी ठगीमा संलग्न हुनु निकै दुःखद् हो । कांग्रेसका नेताहरू पनि भ्रष्टाचारको मुद्दामा जेल जानुभएको छ । तर, कांग्रेस त सडकमा गएन नी ।

अहिले त सडकमा गएर अराजकरूपमा विरोध भइरहेको छ । यो राजनीतिक संस्कार होइन । संविधानका केही कुराहरू संशोधन गर्न आवश्यक छ ।

महिलाकै मुद्दाहरू पनि छन् । राष्ट्रपति तथा अरू पदमा ‘वा, र, तर’ जस्ता शब्दहरू सुधार गर्नुपर्ने छ ।
महिलालाई भूगोलमा आरक्षण दिनेतर्फ पनि सोच्नुपर्छ । संविधान संशोधनको कुरा पार्टीले नै छलफलमा ल्याएको छैन् ।

पहिला त हामीले संविधानको इमान्दाररूपमा कार्यान्वयन गर्नुपर्छ । यति सुन्दर संविधान छ । अहिले संवैधानिक आयोगहरूले राम्रो काम गर्न सकिरहेका छैनन् ।

जनताको जीवनस्तर के छ रु अनुगमन गर्नुपर्छ । जनताको पेटभरि खान पाउने अधिकार सुनिश्चित गर्नुपर्छ ।

उनीहरूलाई अधिकारसम्पन्न बनाउनुपर्छ । किन काम हुन सकेन निगरानी गर्न आवश्यक छ ।

पछिल्लो समय गुनासैगुनासा बढिरहेको छ । गुनासा घटाउने र क्षमता अभिवृद्धि गराउने काम गर्नुपर्छ । कानून र नियमले दिएका अधिकार प्रयोग गर्न डटेर काम गर्नुपर्छ ।

मुलुकमा सुशासन चाहिँ छैन् । भ्रष्टाचार नियन्त्रण हुन सकेमा मात्रै सुशासन हुन्छ । दिगो विकास हुनुपर्छ ।

तर, मुलुकको विकास दिगो छैन् । तसर्थ सुशासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक छ ।

राष्ट्रियसभा सदस्य पन्तसँग राससले गरेको कुराकानीमा आधारित

Page Views: 28
संबन्धित शिर्षकहरु
‘एक्सक्युज दियौँ, अवसर खोसियो’
नेपाली कांग्रेस : नेतृत्वको दूरदर्शिता र देउवाको हठबीच अल्झिएको इतिहास
आजको सुर्योदय पछि हुनसक्छ नेपाली काँग्रेसले पुनः इतिहासको गाथालाई स्मरण गर्नेछ
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama