Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सङ्कटमा चौँरी, दशकमा पचास हजारले घट्दै

- shuvadmin / सोमबार, माघ २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हिमाली जीवन, पर्यावरणसँग प्रत्यक्ष सरोकार राख्ने याक र चौँरीको सङ्ख्या ठूलो परिमाणमा घट्दै छ ।

यो सङ्ख्या प्रत्येक १० वर्षमा ५० हजारका दरले घटिरहेको एक तथ्याङ्कले देखाएको छ ।

३० वर्षअघि दुई लाखभन्दा धेरै रहेका याक र चौँरी २० वर्षअघि ५० हजारको हाराहारीमा घटेको र १० वर्षअघि एक लाख रहेको सङ्ख्या घटेर यतिबेला ६० हजारको हाराहारीमा झरेको तथ्याङ्कले देखाउँछ ।

सरकारले सञ्चालन गरेको याक आनुवंशिक स्रोत केन्द्रको प्रतिवेदनमा नेपालमा हाल ६२ हजारको हाराहारीमा याक र चौँरीको सङ्ख्या रहेको उल्लेख छ ।

प्रतिवेदनमा ३० वर्षअघि चौँरीको सङ्ख्या दुई लाखभन्दा धेरै रहेको र हरेक वर्ष सङ्ख्यामा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्म पाउन सकिने याक र चौँरी बहुउपयोगी जनावरको श्रेणीमा पर्छन् ।

दुग्धजन्य पदार्थ, उन, छाला, भल तथा भारी बोक्ने कामका लागि यो पशुलाई प्रयोग गरिने भएकाले हिमाली जीवनशैलीको अभिन्न अङ्ग मानिन्छ ।

विगतमा छदेखि ७० वटासम्म प्रतिगोठ पाइने चौँरीगोठ अहिले रित्ता हुन थालेको याकचौँरी कृषक महासङ्घका अध्यक्ष पाविहाङ राईले बताए ।

याक र चौँरी घटेकामा धेरैले चिन्ता गरे पनि संरक्षणमा प्रभावकारी उपाय भने नखोजिएको राईको भनाइ छ ।

ठिमाहा प्रजनन, हिमाली मानिसको पेसा परिर्वतन, रोग तथा सिकारी प्राणीको वृद्धि, चरिचरनको घट्दो गुणस्तर एवं समुदायको पेसाप्रतिको घट्दो मोहले चौँरी र याक घटिरहेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले उल्लेख गरेका छन् ।

हिमालको ट्रक भनेर चिनिने याक र चौँरी हिँड्ने ग्रामीण सडकमा यातायातका सवारीसाधनको पहुँच बढेकाले पनि मानिसले याकचौँरी पाल्न छाडेका छन् ।

हिमालको आम्दानी गर्ने र पुँजीको स्रोत याक भएको र त्यसले बिक्री गरेर अन्नको जोहो गर्ने क्रम घटेपछि पाल्ने क्रम पनि कम भएको उपाध्यक्ष शाहीले बताए ।

घुमन्ते जीवनशैलीमा पाल्नुपर्ने याक र चौँरीपालन व्यवसाय निकै कष्टकर हुने भएकाले हिमाली मानिसले सजिलो पेसा रोज्न थालेकाले पनि सङ्ख्यामा कमी आउन थालेको हो ।

याक र चौँरीमा हाडनाताको समस्या भएको र तल्लो भागका गाईसँगको सम्पर्कले साना ठिमाह जातको उत्पादनमा वृद्धि भएपछि यसको सङ्ख्यामा कमी आएको छ ।

सरकारी निकायले पनि त्यसबारे चेतना जगाउन नसकेको उहाँले स्विकार्नुभयो । जसका कारणले शुद्ध नस्लको याक र चौँरी हराउन थालेका छन् ।

चौँरी र याक घट्दा त्यसको प्रत्यक्ष असर त्यहाँको पर्यावरणमा पर्न थालेको स्थानीय किसान बताउँछन् ।

हिमालमा रहेको हाइल्यान्ड, ग्रिनल्यान्ड र खर्कमा ठुला वनस्पति उर्मन थालेका छन् । त्यसको प्रमुख कारण याक चौँरीको सङ्ख्या घट्नु नै भएको राईले दावी गरे ।

याक र चौँरीले चर्न पाएको भएमा त्यहाँ गोडमेल हुने र त्यस्ता वनस्पति उम्रन नपाउने त्यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् ।

हिमालमा जन्मनेले चौँरीपालन गर्नु पर्छ र त्यो तिनीहरूको दायित्व हो भन्ने भावना सरकारी निकायले देखाएकै कारण चौँरी पाल्ने किसानको सङ्ख्या क्रमिक रूपमा कमी हुँदै आएको छ ।

हिमालमा बसेर कठिन व्यवसाय गर्दै राज्य, समाज, वातावरण र पर्यावरणलाई योगदान पुर्‍याएको चौँरीपालन व्यवसायमा राज्यले सहयोग नै नगरेको उनले गुनासो गरेका छन् ।

“हरेक वर्ष त्यहाँका नागरिकले हिमाली क्षेत्र छोड्दै छन्, यसबारे राज्य बेखबर छ,” उनले भने, “झट्ट हेर्दा त्यो हिमाली जनजीवन जस्तै देखिए पनि यसले पृथ्वीको पर्यावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने गरेको छ ।

चौँरी र याकको सङ्ख्यामा कमी आउँदा हिमाली भेगमा वन र बुट्यान बढ्न थालेका छन् । सिकारको अभावमा हिमचितुवा पहाड झर्ने अवस्था भएको उनले बताए ।

चौँरीका बच्चा खाएर बाँच्ने हिमचितुवा तल झर्नुको प्रमुख कारण नै चौँरीको सङ्ख्यामा कमी आउनु हो ।

सरकारी तथ्याङ्कमा नेपालका २९ जिल्लामा ६२ हजारको हाराहारीमा चौँरी रहेको दावी गरिए पनि चौँरीपालक किसान महासङ्घले भने नेपालमा २९ जिल्लामा ५२ हजार मात्रै चौँरी रहेको जनाएको छ ।

सिन्धुपाल्चोक हेलम्बू गाउँपालिकाका कृषक नेमादोर्जे शेर्पाले सरकारी निकायबाट आवश्यक सहयोग नहुँदा याक र चौँरीपालक कृषक पलायन हुने र कृषक पलायन हुँदा मानवरहित हिमालको सौन्दर्य घट्ने, याक र चौँरीको मलले उब्जिएका जडीबुटी लोप हुने दाबी गरे ।

विश्वको सर्वोच्च क्षेत्रमा पाइने जडीबुटीमिश्रित आयुर्वेदिक गुणले भरिपूर्ण घिउ, चिज, छुर्पीले उपयुक्त बजार र मूल्य नपाउने हुँदा हिमाली क्षेत्रका प्रत्येक जिल्लामा जिल्लास्तरीय याक उपज सङ्कलन तथा प्याकेजिङ केन्द्र स्थापना गर्नुपर्ने उनले जोड दिए ।

Page Views: 68
संबन्धित शिर्षकहरु
शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama