Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सङ्कटमा चौँरी, दशकमा पचास हजारले घट्दै

- shuvadmin / सोमबार, माघ २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हिमाली जीवन, पर्यावरणसँग प्रत्यक्ष सरोकार राख्ने याक र चौँरीको सङ्ख्या ठूलो परिमाणमा घट्दै छ ।

यो सङ्ख्या प्रत्येक १० वर्षमा ५० हजारका दरले घटिरहेको एक तथ्याङ्कले देखाएको छ ।

३० वर्षअघि दुई लाखभन्दा धेरै रहेका याक र चौँरी २० वर्षअघि ५० हजारको हाराहारीमा घटेको र १० वर्षअघि एक लाख रहेको सङ्ख्या घटेर यतिबेला ६० हजारको हाराहारीमा झरेको तथ्याङ्कले देखाउँछ ।

सरकारले सञ्चालन गरेको याक आनुवंशिक स्रोत केन्द्रको प्रतिवेदनमा नेपालमा हाल ६२ हजारको हाराहारीमा याक र चौँरीको सङ्ख्या रहेको उल्लेख छ ।

प्रतिवेदनमा ३० वर्षअघि चौँरीको सङ्ख्या दुई लाखभन्दा धेरै रहेको र हरेक वर्ष सङ्ख्यामा गिरावट आएको प्रतिवेदनमा उल्लेख छ ।

तीन हजार मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्म पाउन सकिने याक र चौँरी बहुउपयोगी जनावरको श्रेणीमा पर्छन् ।

दुग्धजन्य पदार्थ, उन, छाला, भल तथा भारी बोक्ने कामका लागि यो पशुलाई प्रयोग गरिने भएकाले हिमाली जीवनशैलीको अभिन्न अङ्ग मानिन्छ ।

विगतमा छदेखि ७० वटासम्म प्रतिगोठ पाइने चौँरीगोठ अहिले रित्ता हुन थालेको याकचौँरी कृषक महासङ्घका अध्यक्ष पाविहाङ राईले बताए ।

याक र चौँरी घटेकामा धेरैले चिन्ता गरे पनि संरक्षणमा प्रभावकारी उपाय भने नखोजिएको राईको भनाइ छ ।

ठिमाहा प्रजनन, हिमाली मानिसको पेसा परिर्वतन, रोग तथा सिकारी प्राणीको वृद्धि, चरिचरनको घट्दो गुणस्तर एवं समुदायको पेसाप्रतिको घट्दो मोहले चौँरी र याक घटिरहेको नेपाल पशु चिकित्सा परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीले उल्लेख गरेका छन् ।

हिमालको ट्रक भनेर चिनिने याक र चौँरी हिँड्ने ग्रामीण सडकमा यातायातका सवारीसाधनको पहुँच बढेकाले पनि मानिसले याकचौँरी पाल्न छाडेका छन् ।

हिमालको आम्दानी गर्ने र पुँजीको स्रोत याक भएको र त्यसले बिक्री गरेर अन्नको जोहो गर्ने क्रम घटेपछि पाल्ने क्रम पनि कम भएको उपाध्यक्ष शाहीले बताए ।

घुमन्ते जीवनशैलीमा पाल्नुपर्ने याक र चौँरीपालन व्यवसाय निकै कष्टकर हुने भएकाले हिमाली मानिसले सजिलो पेसा रोज्न थालेकाले पनि सङ्ख्यामा कमी आउन थालेको हो ।

याक र चौँरीमा हाडनाताको समस्या भएको र तल्लो भागका गाईसँगको सम्पर्कले साना ठिमाह जातको उत्पादनमा वृद्धि भएपछि यसको सङ्ख्यामा कमी आएको छ ।

सरकारी निकायले पनि त्यसबारे चेतना जगाउन नसकेको उहाँले स्विकार्नुभयो । जसका कारणले शुद्ध नस्लको याक र चौँरी हराउन थालेका छन् ।

चौँरी र याक घट्दा त्यसको प्रत्यक्ष असर त्यहाँको पर्यावरणमा पर्न थालेको स्थानीय किसान बताउँछन् ।

हिमालमा रहेको हाइल्यान्ड, ग्रिनल्यान्ड र खर्कमा ठुला वनस्पति उर्मन थालेका छन् । त्यसको प्रमुख कारण याक चौँरीको सङ्ख्या घट्नु नै भएको राईले दावी गरे ।

याक र चौँरीले चर्न पाएको भएमा त्यहाँ गोडमेल हुने र त्यस्ता वनस्पति उम्रन नपाउने त्यस क्षेत्रका विज्ञले उल्लेख गरेका छन् ।

हिमालमा जन्मनेले चौँरीपालन गर्नु पर्छ र त्यो तिनीहरूको दायित्व हो भन्ने भावना सरकारी निकायले देखाएकै कारण चौँरी पाल्ने किसानको सङ्ख्या क्रमिक रूपमा कमी हुँदै आएको छ ।

हिमालमा बसेर कठिन व्यवसाय गर्दै राज्य, समाज, वातावरण र पर्यावरणलाई योगदान पुर्‍याएको चौँरीपालन व्यवसायमा राज्यले सहयोग नै नगरेको उनले गुनासो गरेका छन् ।

“हरेक वर्ष त्यहाँका नागरिकले हिमाली क्षेत्र छोड्दै छन्, यसबारे राज्य बेखबर छ,” उनले भने, “झट्ट हेर्दा त्यो हिमाली जनजीवन जस्तै देखिए पनि यसले पृथ्वीको पर्यावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने गरेको छ ।

चौँरी र याकको सङ्ख्यामा कमी आउँदा हिमाली भेगमा वन र बुट्यान बढ्न थालेका छन् । सिकारको अभावमा हिमचितुवा पहाड झर्ने अवस्था भएको उनले बताए ।

चौँरीका बच्चा खाएर बाँच्ने हिमचितुवा तल झर्नुको प्रमुख कारण नै चौँरीको सङ्ख्यामा कमी आउनु हो ।

सरकारी तथ्याङ्कमा नेपालका २९ जिल्लामा ६२ हजारको हाराहारीमा चौँरी रहेको दावी गरिए पनि चौँरीपालक किसान महासङ्घले भने नेपालमा २९ जिल्लामा ५२ हजार मात्रै चौँरी रहेको जनाएको छ ।

सिन्धुपाल्चोक हेलम्बू गाउँपालिकाका कृषक नेमादोर्जे शेर्पाले सरकारी निकायबाट आवश्यक सहयोग नहुँदा याक र चौँरीपालक कृषक पलायन हुने र कृषक पलायन हुँदा मानवरहित हिमालको सौन्दर्य घट्ने, याक र चौँरीको मलले उब्जिएका जडीबुटी लोप हुने दाबी गरे ।

विश्वको सर्वोच्च क्षेत्रमा पाइने जडीबुटीमिश्रित आयुर्वेदिक गुणले भरिपूर्ण घिउ, चिज, छुर्पीले उपयुक्त बजार र मूल्य नपाउने हुँदा हिमाली क्षेत्रका प्रत्येक जिल्लामा जिल्लास्तरीय याक उपज सङ्कलन तथा प्याकेजिङ केन्द्र स्थापना गर्नुपर्ने उनले जोड दिए ।

Page Views: 20
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama