Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आर्मीलाई हराउँदै मछिन्द्रले जित्यो लगातार तेस्रो पटक उपाधि

- shuvadmin / मङ्गलबार, फागुन २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, केपी ओली कप फुटबल प्रतियोगितामा आर्मीलाई हराउँदै मछिन्द्रले लगातार तेस्रो पटक उपाधि जितेको छ।

दशरथ रङ्गशालामा सोमबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लब २–० लाई गोलअन्तरले पराजित गर्दै मछिन्द्रले उपाधिमा ह्याट्रिक गरेको हो ।

पहिलो संस्करणको फाइनलमा सातदोबाटो युथ क्लब तथा दोस्रो संस्करणको फाइनलमा एनआरटी क्लबलाई टाइब्रेकरमा हराएर मछिन्द्रले उपाधि जितेको थियो ।

मछिन्द्रको जितमा स्टेफेन जमाह जालेले १ गोल गर्दा एक गोल आत्मघाती भएको थियो । २९औं मिनेटमा विमल पाण्डेबाट आत्मघाती गोल हुँदा मछिन्द्रले अग्रता लिएको थियो ।

दोस्रो हाफमा युसुफ मलिकको क्रसमा जमहा जालेले अग्रता दोब्बर पारे । त्यसपछि थप गोल भएनन् र मछिन्द्र तेस्रो पटक पनि उपाधि चुम्न सफल भयो ।

यसअघि सेमिफाइनलमा मछिन्द्रले आयोजक केपी ओली एफसीलाई ४–० र आर्मी सङ्कटा क्लबलाई २–१ ले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

उपाधि जितेको मछिन्द्रले १५ लाख ११ हजार एक सय ११ प्राप्त गरेको छ । फाइनलमा पराजित भएको आर्मीले ५ लाखमा चित्त बुझायो ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको प्रतियोगितामा दुई विदेशीसहित ९ टोली सहभागी थिए ।

Page Views: 71
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama