Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चार देशीय महिला टी–२० क्रिकेटः नेपालले आज नामिबियासँग खेल्दै

- shuvadmin / शनिबार, फागुन २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चार देशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आफ्नो पहिलो खेलमा शनिबार नामिबियासँग खेल्दैछ ।

नेपाल र नामिबियाको खेल युगान्डाको एन्टेब्बे क्रिकेट मैदानमा नेपाली समयअनुसार बेलुका पौने ५ बजे सुरु हुनेछ ।

नेपालले नामिबियाको महिला टोलीसँग पहिलो पटक खेल्न लागेको हो ।

सिरिजमा सबै टोलीले एकअर्कासँग सामान दुई/दुई खेल खेल्नेछन् । त्यसमा नेपालले यही फागुन २५ गते युगान्डासँग खेल्नेछ भने फागुन २६ गते हङकङसँग खेल्ने छ ।

त्यसैगरी फागुन २८ गते नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ ।

लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् । फाइनल खेल चैत ३ गते हुनेछ ।

नेपाली टोलीमा कप्तान इन्दू बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, अलिशाकुमारी यादव, साना प्रवीन, रोमा थापा, विन्दू रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।

नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले आफ्ना टोलीको कमजोरी सुधार गरी सिरिज जितेर फर्कने युगान्डा जानुअघि बताएका थिए ।

त्यस्तै, नेपाली टिमकी कप्तान बर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले उक्त शृङ्खलामा राम्रो खेल खेलेर फर्कने बताएकी थिइन् ।

Page Views: 50
संबन्धित शिर्षकहरु
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ओमान विरुद्ध ब्याटिङ गर्दै नेपाल
ताजा अपडेट
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता
  • गाउँपालिकाद्वारा विद्यार्थीलाई ल्यापटप सहित सम्मान
  • देशभरिका अस्पतालमध्ये भक्तपुर अस्पताल उत्कृष्ट घोषित
  • नयाँ सार्वजनिक सवारी साधन दर्ता नहुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama