Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिवि मैदानमा तीन सिफ्टमा काम, प्यारापिट बनाउन धमाधम

- shuvadmin / बिहिबार, चैत ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको अनुगमन गरेका छन्।

मन्त्री सिंह र चौधरीसहित मन्त्रालयको टोलीले बिहीबार बिहान टियु क्रिकेट मैदान पुगेर प्यारापिट निर्माणको अनुगमन गरेका हुन्।

उक्त अनुगमन गर्दै मन्त्री सिंहले तीव्र गतिमा काम अगाडि बढिरहेको बताए। उनले नेपाली खेलाडीहरुले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसकेका कारणले यस्ता स्टडियम ठाउँ ठाउँमा बनाउनुपर्नेमा जोड दिइरहेको बताए।

‘वैशाख २४ गतेसम्म काम सक्ने मिति हो। तीव्र रूपमा काम चाँही अगाडि बढिरहेको छ।

हाम्रो चाहना चाहीं बैशाख २४ गते नै यो कन्ट्रयाक सम्पन्न भयो भने अहिले क्रिकेटले राम्रो गति लिइरहेको छ।

नेपाली खेलाडीहरुले आफ्नो क्षमतालाई राम्रो प्रदर्शन गरिसेको कारणले गर्दा यस्ता स्टडियमहरु ठाउँ ठाउँमा निर्माण गरेर अघि बढ्नुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौं।’

यसैगरी खेलकुदमन्त्री चौधरीले काम सम्पन्न गर्नको लागि तीन सिफ्टमा गर्नुपर्ने बताए।

उनले मुलपानी क्रिकेट मैदानको विकासको लागि पनि अर्थ मन्त्रालयसँग समन्वय भइरहेको बताए। उनले भने, ‘अहिले हामी तीन सिफ्टमा काम गरिरहेका छौं।

यसरी तीन सिफ्टमा काम गर्न सकेनौं भने हामीले बैशाख २४ निर्धारित समयमा क्रिकेट ग्राउण्डको काम गर्न सक्दैनौं।’

Page Views: 53
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama