Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आइपीएल उद्घाटन खेलमामा आरसिबिसँग कोलकाता पराजित

- shuvadmin / आइतबार, चैत ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी)ले इन्डियन प्रिमियर लिग (आइपिएल)को उद्घाटन खेलमा सानदार सुरुवात गरेको छ ।

गएराति साबिक विजेता कोलकाता नाइट राइडर्स (केकेआर)लाई ७ विकेटले हराउँदै आरसिबीले दुई अंक जोडेको छ ।

कोलकातास्थित इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङ गरेको केकेआरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रनको लक्ष्य दिएको थियो ।

१७६ रनको लक्ष्य आरसिबीले १६.२ ओभरमा तीन विकेट गुमाउँदै भेट्टायो ।

आरसिबीको जितमा ओपनरद्वय विराट कोहली र फिल साल्टले ९५ रनको साझेदारी गरे । कोहलीले अविजित सर्वाधिक ५९ रन बनाए ।

उनले ३६ बलमा चार चौका र तीन छक्का प्रहार गरे । साल्टले आक्रामक ब्याटिङ गर्दै ३१ बलमा ९ चौका र २ छक्कासहित ५६ रन बनाए ।

कप्तान रजत पटिदारले ३४ रनको योगदान गरेका थिए । केकेआरको लागि बैभव आरोरा, बरुन चक्रभर्ती र सुनिल नारिनेले समान एक विकेट लिए ।

यसअघि केकेआरको लागि अजिन्क्या रहानेले आक्रामक ब्याटिङ गर्दै ५६ रन बनाए । रहानेले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । सुनील नारेनेले ४४ रन बनाएका थिए ।

पाँच बलमा चार रन बनाएका क्विन्टन डी कक आउट भएपछि रहाने र नारिनेले ५५ बलमा १०३ रनको साझेदारी गर्दै टोलीलाई ठुलो स्कोरतर्फ बढाएका थिए ।

तर, मध्यक्रम नचल्दा केकेआर पराजित हुन पुग्यो । आङकृश रघुवंशीले ३० तथा रिङ्कु सिंहले १२ रनको योगदान गरे ।

आरसिबीका लागि क्रुनल पाड्याले तीन विकेट लिए यसबाहेक जस हैजलवुडले दुई तथा यस डायल, रसिख सालम र सुयश शर्माले समान एक विकेट हात पारे ।

आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स तथा चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स् भिड्नेछन्।

Page Views: 66
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama