Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रहिनन् ‘मेरी बास्सै’ बाट चर्चित ‘अप्सरा आमा’

- shuvadmin / शनिबार, असार २१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ ।

केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राति निधन भएको उनीसँग ‘उल्टो सुल्टो’ लगायतका सिरियलमा काम गरेकी सुशीला निरौला (विमली) ले जानकारी दिइन।

स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो।

पछि अस्पताल लैजाने–ल्याउने गरेकोमा एक महिनाअघि अस्पतालले उपचार सम्भव नभएको भन्दै घर फर्काइदिएको थियो।

त्यसयता उनी काठमाडौँको कपन बालुवाखानीस्थित घरमै थलिएकी थिइन।

बिरामी परेपछि उनले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन्।

उनलाई भेट्न सीताराम कट्टेल धुर्मुससहित कुञ्जना घिमिरे सुन्तली घरमै पुगेका भेटेका थिए। साथै अन्य कलाकारहरुले समेत उनलाई भेट्न पुगेका थिए।

‘मेरी बास्सै’ मा लक्ष्मीले सीताराम कट्टेलले निर्वाह गर्ने खड्काजीको श्रीमती (अप्सरा आमा) को भूमिकामा देखिएकी थिइन्।

छुच्चो भूमिकामा अभिनय गरेकी अप्सरा आमा र खड्काजीको जोडीलाई निकै रुचाइएको थियो।

साथै लक्ष्मीले जिरे खुर्सानी, कान्छीसहित थुप्रै फिल्म र म्युजिक भिडिओमासमेत अभिनय गरेकी छिन्।

Page Views: 77
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama