Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

- shuvadmin / शनिबार, असार २८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो ।

दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी हो । पाइलटसमेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी समेत हुन् ।

आज भएको ‘क्याप्टेन साब’को मूर्हत सटमा व्यवसायी डा। उपेन्द्र महतो कल्याप र क्याप्टेन थापाले निर्देशन गर्दै सुरुवात गरिएको थियो ।

पटकथा प्रडक्सनको दोस्रो प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् ।

दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीनजनाको यो पहिलोपटक सहकार्य हुन लागेको हो । दीपेन्द्र र खगेन्द्रले भने सँगै काम गर्दै आएका छन् ।

कृष्णबहादुर थापा छायाकार रहेको चलचित्रको छायांकन काठमाडौंसँगै चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । यो चलचित्र भदौको पहिलो साताबााट छायांकनमा जानेछ ।

“क्याप्टेन साब एक फरक खालको चलचित्र हुनेछ । क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर फुल इन्टरटेनमेन्ट चलचित्र बनाउने छौँ,” निर्देशक खनालले भने, “क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान, व्यावसायमा जोडिन आउने विभिन्न तहका व्यक्तिलगायत पक्ष समेट्ला आफैँमा गज्जवको चलचित्र बन्ने हाम्रो विश्वास छ ।”

यार्सा स्टुडियोसँगै रिच इन्टरटेन्मेन्ट पनि जोडिएको यो चलचित्रमा निर्मातामा निर्देशक दीपेन्द्र स्वयंसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल छन् । कार्यकारी निर्मातामा सिर्जना नापित छिन् ।

निर्देशक दिपेन्द्र के खनालकै लेखन रहेको चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, भीमसेन शाही ुरोयल भीमसेनु पोस्टर तथा पब्लिसिटी डिजाइन (ट्राइडेन्ट कन्सेप्ट), प्रोडक्सन डिजाइर अकी थेक्पा, रोहित राज गौतम र बिष्णु मैनाली प्रोडक्सन म्यानेजर, अकि ठेक्पा रहेका छन् ।

Page Views: 50
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama