Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माघ १५ गतेदेखि पञ्चाङ्ग पात्रो आउँदै, भित्तेपात्रो भने अनिश्चित

- shuvadmin / शुक्रबार, माघ ०५, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ सालमा १५ वटा पात्रोलाई स्वीकृति दिएको छ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार यही १५ गतेदेखि प्रकाशित गर्ने गरी १५ वटा पञ्चाङ्ग पात्रोलाई स्वीकृति दिएको जानकारी दिए ।

उनले समितिको निर्णयबेगर अन्य पञ्चाङ्गकारले पञ्चाङ्पात्रो प्रकाशित गरे कानुनअनुसार कारबाही हुने बताए ।

उनका अनुसार आउँदो वर्ष पञ्चाङ्गकार सूर्यनाथ पन्तको तोयानाथ, विश्वनाथ शर्मा सापकोटाको बाबुराम, पद्मनाथ त्रिपाठीको हिमाल, दिल्लीराज जोशीको अठोला, दिव्यपुरुष ढकालको तारकेश्वर, सुबोध ढुंगेलको सूर्य पञ्चाङ्ग पात्रो प्रकाशन गर्न स्वीकृत दिएको छ।

त्यस्तै, पञ्चाङ्गकार लोकराज पौडेलको आकाशदर्शन, शशिधर जोशीको बगलामुखी, दामोदर अठोला जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, दैवज्ञ कीर्तिकिरण जोशीको कीर्ति, दैवज्ञ सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ पञ्चाङ्ग र नारायणप्रसाद नेपालको गौरीशंकर पञ्चाङ्ग पात्रो प्रकाशन गर्न स्वीकृत प्रदान गरेको छ।

करिब दुईसाताअघि स्वीकृत पाएर छापाखानामा पुगेका सबै पञ्चाङ्गपात्रो एकै दिनबाट बिक्रीकालागि खुला गरिनेछ।

कार्यकारी निर्देशक पण्डितले १५ गतेअघि बिक्रीवितरण गर्न नपाइने निर्णय भइसकेको बताउनुभयो। सबै पञ्चाङ्गपात्रोमा सार्वजनिक बिदाको विषय उल्लेख हुँदैन।

मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा स्वीकृत गरेर गृहमन्त्रालयले राजपत्रमा सूचना जारी गरेपछि मात्र बिदा उल्लेख गर्ने व्यवस्था छ।

सरकारले बिदा स्वीकृत नगरेका कारण पञ्चाङ्गपात्रोमा बिदा लेख्न पाइँदैन। स्रोतका अनुसार मन्त्रिपरिषद्को बैठकले बिदा स्वीकृत गरेपछि सार्वजनिक हुन सकेको छैन।

केही बिदाको विषयमा निर्णय गर्नुपर्ने भएकोले ढिलो भएको हुनसक्ने अनुमान छ। पञ्चाङ्ग निर्णायक समितिले तय गरेको तिथिअनुसार आउँदो वर्ष ३ वटा दशैं पर्ने भएको छ।

२०८१ सालको वैशाख ४ गते, चैत २३ गते दुईपटक चैतै दशैं र असोज १७ गतेदेखि विजया दशमी शुरू हुनेछ। २४ गते फूलपाति र २५ गते शुक्रबार अष्टमी र नवमी एकैदिन परेको छ।

असोज विजया दशमी २६ परेको छ। असोज ३० गते कोजाग्रत र कातिक १ गते पूर्णिमा परेको छ। विकास समितिले गरेको निर्णयअनुसार कातिक १२ गतेबाट तिहार शुरू हुनेछ।

१२ गते धन्तेरस, १४ गते कागतिहार, १५ गते बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा, १६ गते शुक्रबार औंशी परेको छ । विसं २०८१ मा यो वर्षको जस्तै कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परेको छ।

१७ गते गोबर्द्धन र म्हःपूजा, १८ गते आइतबार भाइटीकाको साइत तय भएको छ। विसं २०८१ सालमा आउँदो वर्ष चन्द्र र सूर्य ग्रहण छैनन्।

मंसिर १५ गते वाला चतुदर्शी, पुस २३ गतेबाट श्री स्वस्थानी व्रतारम्भ, माघ ३० गते सरस्वतीपूजा, फागुन १५ गते महाशिवरात्री, २९ गते पहाड र चैत १ गते तराईमा होली, १६ गते घोडेजात्रा रहेको छ।

आउँदो वर्ष वैशाख २५ देखि जेठ १९गतेसम्म वृहस्पती अस्त परेको छ। वैशाख १६ देखि असार २१ गतेसम्म शुक्र अस्त परेको छ।

शुक्र अस्तमा कुनै लगनको काम हुँदैन । आउँदो वर्ष १० वटा ब्रतबन्ध र १६ वटा विवाहका साइत रहेका छन्।

Page Views: 48
संबन्धित शिर्षकहरु
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक
चलचित्र ‘मिरमिरे’को ट्रेलरमा बाल कलाकार
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama