Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख २५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘मिरमिरे’को ट्रेलरमा बाल कलाकार

- shuvadmin / बुधबार, माघ ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘मिरमिरे’को ट्रेलरमा एक बाल कलाकार देखिएकी छन् ।

जो अभिनेता दयाहाङ राईसँग प्यारालल रुपमा देखिएकी छन् । जहाँ उनी दयाहाङको छोरीको भूमिकामा छिन् ।

दयाहाङको छोरीको भूमिकामा देखिएकी बाल कलाकार हुन्, शाइसा गौचन । जो आमाको अभाव महसुस गरिरहेकी छोरीको भूमिकामा छिन् ।

सानैमा आमाले छोडेर गएपछि बुवाको लालनपालनमा हुर्किरहेकी छोरीको रूपमा उनलाई देख्न सकिन्छ ।

ट्रेलरमा आमाको अभावमा उनले गरेको अभिनय यतिबेला दर्शकले मनपराइरहेका छन् । पोखराकी शाइसाको ‘मिरमिरे’ डेब्यु चलचित्र भने होइन ।

यसअघि उनेले दुईवटा चलचित्रमा काम गरिसकेकी छन् । शाइसाले ‘महाभोज’ र ‘बरिष्ठ बलराम’मा छोटो भूमिका निभाएकी थिइन् ।

“यसअघिका चलचित्रमा पनि शाइसाले दयाहाङसँगै काम गरेकाले मिरमिरेमा काम गर्न सहज भयो,” मिरेमिरेका लेखक तथा निर्देशक यमले भने, “दयाहाङ दाइसँग यसअघि नै घुलमिल नभएको भए सायद सुरुसुरुमा काम गर्न कठिन हुने थियो ।”

यमले शाइसाको काम दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको बताए । बच्चासँगै सबै उमेर समूहका दर्शकले शाइसाको काम दर्शकले मन पराउने यमको विश्वास छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ ।

यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् ।

यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

Page Views: 72
संबन्धित शिर्षकहरु
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
ताजा अपडेट
  • आज फलफूल तथा तरकारीकाे थोक मूल्य कति ?
  • नारायणगढ–मुग्लिन सडकमा सुक्खा पहिरो, यातयात अवरुद्ध
  • श्रम संस्कृति पार्टीमा किराँती प्रवेश
  • खारेज भए यी ट्रेड युनियन
  • बागमती प्रदेशमा आज सार्वजनिक बिदा
  • निषेधित क्षेत्रमा विदेशीलाई पदयात्रामा लैजान पूर्वअनुमति अनिवार्य
  • व्यारेकबाट भागेका डेढ दर्जन सशस्त्रलाई हाजिर हुन निर्देशन
  • खाताको रकम चोरी हुन सक्छ सावधान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama