Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘शिवांश: च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने

- shuvadmin / शनिबार, भदौ १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले चलचित्रको रिलिज डेट तोक्दै कात्तिक २७ गते रिलिज गर्ने घोषणा गरेको हो ।

कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको हो ।

जटाधरी शिव कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यसको अर्थ र चलचित्रसँग के सम्बन्ध छ, यसबारे भने निर्माणपक्षले केही जानकारी दिएको छैन ।

पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्टप्रोडक्सनमा छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् ।

उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेको ‘शिवांश स् च्याप्टर–१’मा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।

चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।

सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना छ ।

न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको चलचित्रमा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।

बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् ।

चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गरिरहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।

Page Views: 85
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama