Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बैतडीका ५ वटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसनले वितरण गर्यो न्यानो लुगा

- shuvadmin / शनिबार, माघ ०६, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बैतडीै, कान्छीमाया तामाङ फाउन्डेसनले देशका बिभिन्न जिल्लामा न्यानो लुगा वितरण गरिरहेको छ । दातृ निकायको साजेदारीमा बृद्धबृद्धा र बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिरहेको हो ।

फोटो खोल्नुहोस्

बैतडीका ५ वटा विद्यालयमा कान्छीमाया तामाङ फाउन्डेसन नेपालले न्यानो लुगा वितरण गरेको छ ।

फोटो खोल्नुहोस्

‘ज्येष्ठ नागरिकहरुलाई सम्मान, विद्यार्थीहरुलाई प्रोत्साहन’ भन्ने अभियानका साथ बोधीसत्तो बिहारको आर्थिक सहयोग र कान्छीमाया तामाङ फाउन्डेसनको सहकार्यमा न्यानो लुगा वितरण गरिएको हो ।

फोटो खोल्नुहोस्

बैतडीको सिगास गाउँपालिकाका–१ स्थित भुमिराज स्वामी आधारभूत विद्यालय, वडा नं २ को कैलपाल आधारभूत विद्यालय, पाटन नगरपालिका–१० को सरस्वती मावि र ब्रहम आधारभूत विद्यालय तथा सुर्नया गाउँपालिका–३को बाशुदेव आधारभूत विद्यालयमा अध्यायनरत बालबालिका र सेवा क्षेत्रभित्रका ज्येष्ठ नागरिकहरुलाई न्यानो लुगा स्वीटर र ज्याकेट वितरण गरिएको हो ।

फोटो खोल्नुहोस्

बैतडीमा ३७४ बालबालिका र १८६ ज्येष्ठ नागरिकहरुलाई ज्योकट तथा स्वीटर वितरण गरिएको हो । चिसो मौसममा न्यानो लुगा पाउदा बालबालिका र बृद्धबृद्धा खुसी भएका छन् ।

फोटो खोल्नुहोस्

फाउन्डेसनले दलित, असहाय, गरिब जेहेन्दार तथा अनाथ बालबालिकाहरुलाई पढाउने काम पनि गरिरहेको छ ।

यसैगरी ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना पनि गर्दै आएको छ । यस वर्षको हिउँदमा बैतडी सहितबिभिन्न जिल्लामा न्यानो लुगा वितरण गरिएको छ । फाउण्डेशनका अध्यक्ष डा.दीलबहादुर तामाङले बताए ।

फोटो खोल्नुहोस्

काभ्रेबाट सुरु गरिएका न्यानो लुगा वितरण कार्यक्रम हुम्ला, रामेछाप, सर्लाही लगायतका क्षेत्रमा गरिसकिएको थियो ।

२०७२ सालको भुकम्पमा पनि सरकारलाई १२ लाख आर्थिक सहयोग गरेको फाउन्डेसनले कोरोनाकालमा पनि देशका विभिन्न ठाउँमा स्वास्थ्य चेकजाच कार्यक्रम र स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

फोटो खोल्नुहोस्

यसैगरी गत कार्तिकमा जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पमा परी प्रभावित नागरिकहरुलाई पनि राहातका कार्यक्रम गर्दै आएको संस्थापक डा. तामाङले बताए ।

डा. तामाङ एमबिबिएस अध्यायनका क्रममा सडक दुर्घटनामा परी आमा कान्छीमाया तामाङको निधन भएपछि, डा. तामाङले उनको नामबाट फाउन्डेसन स्थापना गर्दै समाजिक परोपकारको काम गर्दै आएका छन् ।

करिब ११० जनालाई यस फाउन्डेसनले अध्यायन गराइरहेको छ । यसैगरी नि:शुल्क स्वास्थ्य उपचारको लागि भन्दै अस्पताल निर्माण गरिरहेको छ ।

केही स्थानीय तहहरुलाई एम्बुलेन्स पनि उपलब्ध गराइसकेको छ ।

Page Views: 42
संबन्धित शिर्षकहरु
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
कक्षा १२ को परीक्षा आजदेखि सुरु
काभ्रेको चौंरी देउरालीमा रहेको सरस्वती उच्च माध्यमिक बिद्यालयले मनायो ६१ औं बार्षिक उत्सव
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama