Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा

- shuvadmin / बिहिबार, असोज २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । दयाहाङ र विजय प्रायः धेरै चलचित्रमा सँगै देखिन्छन् ।

हिट सिरिज ‘कबड्डी’देखि ‘जारी’सम्म यी दुई कलाकार सँगै हुन्छन् । यस्तै यी दुई अभिनेता सँगै रहेको सिनेमा हो, ‘वरिष्ठ बलराम’ ।

यो चलचित्रका अहिलेसम्मका प्रचार सामग्रीमा दुवै कलाकार उत्तिकै स्पेसमा देखिएका छन् ।

पोस्टर, मोसन पोस्टर र टिजरमा दयाहाङ र विजयले बराबर स्पेस पाएका छन् ।

पोस्टर र टिजरमा यी दुई आपसी नोकझोकमा देखिएका छन् । एकले अर्कोलाई देखि नसहेको अवस्थामा चित्रण गरिएको छ ।

केही समयअगाडि ‘वरिष्ठ बलराम’को गीत सार्वजनिक भएको थियो । ‘न्यौली बनैमा’ बोलको गीतमा विजय र समृद्धि अर्यालको जोडी देखियो । यो गीतमा दयाहाङ देखिएनन् ।

यसले यो सिनेमाको हिरो को हो भन्नेमा शंका पैदा गरिदिएको छ । लिगेसी हेर्दा यो सिनेमाको मुख्य भूमिकामा दयाहाङ हुने सम्भावना धेरै छ ।

तर, पछिल्लो समय विजय पनि मुख्य भूमिकामा बाक्लै देखिन थालेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ हिट भएपछि विजयले लगातार मुख्य भूमिकामा काम गरिरहेका छन् ।

नाम सुन्दा बलराम मंगोल समुदायमा यो नाम ९बलराम० कमै हुन्छ । तर, हुँदै नहुने पनि होइन ।

बलराम नाम क्षेत्री ब्राह्मण समुदायमा धेरै राख्ने गरिएको छ । त्यसैले यो चलचित्रको मुख्य पात्र अथवा नायक को हो भन्नेमा कौतुहलता पैदा हुन थालेको छ ।

जे होस् अक्सर सिनेमामा दयाहाङको साथीको भूमिकामा देखिने विजय ‘वरिष्ठ बलराम’मा कस्तो भूमिकामा छन्, त्यो निर्माणपक्षले सस्पेन्स राखे पनि यी दुईबीचको संघर्ष र नोकझोक हुने कुरा भने लुकाएको छैन । त्यसैले यी दुईबीचको नोकझोक हेर्न रमाइलो हुने पक्का छ ।

कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Page Views: 80
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama