Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीतलाई ५ मिलियन भ्यूज

- shuvadmin / बिहिबार, असोज ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ ।

चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन् ।

‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको छ।

सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ ।

प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको सुमधुर स्वर रहेको छ ।

सार्वजनिक गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय बराल र समृद्धि अर्याल छन् ।

गीतमा शंकाका बीचमा सँगै जीवन बिताउने सहमति गर्छन् । विशेषगरी, विजयको अभिनय कौशल र नृत्यले दर्शकबाट निकै प्रशंसा पाएको छ ।

जसले चलचित्रको समग्र पब्लिसिटीमा ठूलो सहयोग पुर्‍याएको छ । धेरै दर्शकहरूले गीत र नृत्य दुवैको खुलेर प्रशंसा गर्दै चलचित्रको सफलताको कामना गरेका छन् ।

गीतको सफलतासँगै चलचित्रको ट्रेलरले पनि दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ ।

चार दिनअघि सार्वजनिक भएको ट्रेलरलाई पनि दर्शकले रुचाएका छन् । ट्रेलरले १३ लाख ९६ हजारभन्दा माथि भ्युज पाएको छ ।

चलचित्रको ट्रेलरमा दयाहाङ राई र विजय बरालको टकराबलाई दर्शकले मन पराएको पाइएको छ ।

दयाहाङको फरक गेटअपसँगै दयाहाङ र विजयको अभिनयको युट्युबमा ट्रेलर हेर्ने दर्शकले तारिफ गरिरहेका छन् ।

एकले अर्काको अस्तित्व स्वीकार गर्न नसकेर आफ्नो अधिपत्य खडा गर्न खोज्दा दयाहाङ र विजयबीच देखिएको टकराबलाई रुचाएको पाइएको छ ।

गीत र ट्रेलरले बटुलेको लोकप्रियता हेर्दा ‘वरिष्ठ बलराम’ ले बक्स अफिसमा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीपकुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Page Views: 84
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama