Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयासमा दयाहाङ

- shuvadmin / शनिबार, कार्तिक ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् ।

अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन् ।

कार चढेर ५र७ जना क्यारेक्टर अगाडि÷पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन् ।

त्यही भएर उनले आवरणमा पनि केही फरकपन देखिने उनले बताएका हुन् । यो आवरण ट्रेलरमा पनि देखिएको छ ।

उनका यसअघिका सिनेमाको आवरणका तुलनामा यसमा निकै भिन्न देखिएको छ ।

कोट, पाइन्ट र टाईमा ठाँटिएर हिँड्ने कमै क्यारेक्टर मात्रै उनले गरेका छन् ।

“खासमा क्यारेक्टरको आवरण भन्दा पनि त्यसको भित्री पक्ष के हो त्यसमा पसेर काम गर्न मलाई मजा लाग्छ, मैले गर्ने पनि त्यही हो,” दयाहाङ भन्छन्, “पहिलोपटक यो चलचित्रको स्क्रिप्ट पढ्दा पनि मलाई अहिले मेरो क्यारेक्टरले लगाए जस्तो गेटअप सोचेको थिइनँ ।”

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । निर्देशक पौडेलले दयाहाङलाई सुट र टाइमा ठाँटिएर हिँड्ने क्यारेक्टर हो मैले सोचेको भने ।

भित्री पक्ष अर्कै भए पनि बाहिर अर्कै अथवा म वरिष्ठ हुँ भन्ने देखाउने क्यारेक्टर भएकाले दयाहाङलाई यो आवरण पनि हुन्छ भन्ने लाग्यो ।

त्यसपछि दयाहाङले लगाए चितवनको प्रचण्ड गर्मीमा टाई, सुट र कोट, जुन उनका लागि सिनेमामा केही नौलो त देखियो नै ।

झलक्क हेर्दा विल्कुल नौलो हो कि भन्ने पनि देखियो । “आवरणमा केही फरक थियो, तर असजिलो थिएन ।

अभिनय हो, जस्तो प¥यो त्यही गर्ने हो,” दयाहाङ भन्छन्, “बरु कोट लगाउँदा चाहिँ साँच्चै कठिन भएको थियो । चितवनको गर्मीमा कोट लगाउँदा कम्ता होइन गर्मी ।

कोट चाहिँ मेरा लागि चुनौती जस्तै बनेको थियो ।”

वरिष्ठ देखाउन चाहिरहने र त्यसमा अरूले दख्खल दिन खोज्दा त्यसको प्रतिकार गर्दै खोलामा रहेको आफ्नो हैकम कायम राख्ने चरित्रमा ‘वरिष्ठ बलराम’मा दयाहाङ छन् ।

दयाहाङको एकाधिकार खोसेर त्यसको लाभ आफू पनि उठाउने दाउमा रहेका विजय बरालसँको टकराब नै ‘वरिष्ठ बलराम’को कथा हो ।

यी दुई कलाकार ‘वरिष्ठ बलराम’का मुख्य पात्र हुन् । सुरेन्द्र पौडेलले निर्देशन गरेको चलचित्र ‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटीको दिन रिलिज हुनेछ ।

‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी ९पीके० लगायत कलाकारको मुख्य भूमिका रहेको छ । ।

सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।

चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।

कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Page Views: 52
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama