Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

साताको पहिलो दिन ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दूमा, कारोबार ९.२० अर्ब

- shuvadmin / आइतबार, कार्तिक १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ ।

आज नेप्से परिसूचक १.१८ प्रतिशत अर्थात ३०.७५ अंकले बढेर २ हजार ६३१.१४ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०।.७ प्रतिशतले बढेर ४५७.२२ विन्दूमा पुगेको छ ।

आइतवार नेप्सेमा सूचीकृत मध्ये ३१९ वटा स्क्रिप्टको २ करोड ९७ लाख ३८ हजार १३९ कित्ता सेयर ९ अर्ब २० करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आइतवार नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये एउटा बाहेक अन्य सबैमा हरियाली छायो ।

आज फाइनान्स समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.१७ प्रतिशतले बढ्यो ।

यस्तै आज बैंकिङ समूह ०.२९ प्रतिशत, विकास बैंक ०.९०, होटल १.२०, हाईड्रो १.१८, लगानी ०.८०, जीवन बीमा ४.३५, उत्पादन तथा प्रशोधन ०.९६,लघुवित्त १.३८, म्युचुअल फण्ड ०.१०, निर्जीवन बीमा १.३३ र अन्य समूह १.२३ प्रतिशतले बढ्यो ।

आज व्यापार समूह मात्रै घट्यो । यो समूहमा आज १.१० प्रतिशतको गिरावट आयो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक सेयर कारोबार भयो ।

आज हिमालयन बैंकको संस्थापक सेयरको १ अर्ब ६६ करोड बढीको कारोबार भयो ।

युनियन हाईड्रोपावरको पनि आज ३४ करोड ३० लाख, बुटवल पावरको २५ करोड ४८ लाख, राधी विद्युतको २४ करोड ५० लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको २० करोड ५१ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ७ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज सामुदायिक लघुवित्त, गोर्खाज फाइनान्स, पञ्चकन्या माई हाईड्रो, पिपुल्स पावर, तेह्रचुम पावर, गृह्वेश्वरी मर्चेन्ट बैंकिङ र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.०८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ७.९४ प्रतिशत र क्रेष्ट माईक्रो लाइफको सेयरमूल्य ७.९१ प्रतिशतले बढ्यो ।

खानी खोला हाईड्रोपावर आज सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीको रुपमा रह्यो । यो कम्पनीको सेयरमूल्य आज ४.७६ प्रतिशतले घट्यो ।

Page Views: 25
संबन्धित शिर्षकहरु
पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्याे
शिखर पावर डेभलपमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama