Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध

- shuvadmin / बुधबार, मङि्सर २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई लक्षित गर्दै सामाजिक सञ्जाल प्रयोगमा कडाइ गरेको छ ।

बुधबारदेखि लागू भएको कानूनपछि सयौं हजार किशोरकिशोरी बिहानै उठ्दा आफ्नो सामाजिक सञ्जाल खाता लगआउट वा निष्क्रिय भएको अवस्थामा पुगे ।

यस कदमलाई बालबालिका सुरक्षाको विषयमा विश्वकै कडा हस्तक्षेपमध्ये एक मानिएको छ ।

अभिभावक र शिक्षकले व्यक्त गर्दै आएका मानसिक, मनोवैज्ञानिक र सामाजिक प्रभावबारेको चिन्तालाई सम्बोधन गर्न सरकार अघि बढेको हो ।

तर, कानून लागू भएको पहिलो दिनमै किशोरकिशोरीलाई पूर्णरूपमा सामाजिक सञ्जालबाट अलग राख्नु चुनौतीपूर्ण हुने संकेत देखियो ।

१५ वर्षका लुका हागोपका स्न्यापच्याट र फेसबूक खाता बन्द भएपनि इन्स्टाग्राम र युट्युब भने सामान्यरूपमै चलेका छन् ।

लुकाका बाबु एड्रियन हागोपका अनुसार लुकालाई मुख्य चासो पनि यिनै दुई प्लेटफर्ममा भएकाले उनले खासै असुविधा महसुस गरेनन् ।

एक वर्षअघि पारित कानूनले फेसबूक, इन्स्टाग्राम, किक, रेडिट, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स (पूर्व ट्विटर) र युट्युबजस्ता प्लेटफर्म सञ्चालन गर्ने कम्पनीलाई १६ वर्षभन्दा कम उमेरका प्रयोगकर्ता पहिचान गरी तत्काल खाता बन्द गर्न निर्देशन दिन्छ ।

पालना नगर्ने कम्पनीलाई बढीमा ४९.५ मिलियन अस्ट्रेलियाली डलर जरिवाना गर्न सकिने प्रावधान छ ।

कानून लागू हुनुअघि गोपनीयता, कार्यान्वयनको विधि र कुन–कुन प्लेटफर्ममा प्रतिबन्ध लागू हुने भन्ने बारेमा लामो समय अन्योल बनेको थियो ।

अधिकांश सेवाले कानून पालना गर्ने घोषणा गरेका छन्, तर केहीले ‘सामाजिक सञ्जाल सेवा’को सरकारी वर्गीकरण अस्पष्ट भएको भन्दै आलोचना गरेका छन् ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सामाजिक सञ्जाल कम्पनीहरूलाई जिम्मेवार बनाउँदै बालबालिकालाई प्रविधिको नकारात्मक प्रभावबाट जोगाउनेतर्फ सरकार दृढ रहेको बताए ।

ुयो हाम्रो समाजले लामो समयपछि सामना गरेको महत्त्वपूर्ण सामाजिक परिवर्तन हो, उनले भने, यसका प्रभाव आजका बालबालिका मात्र होइन, आगामी पुस्ताले पनि भोग्नेछन् ।

सिड्नीमा आयोजित कार्यक्रममा उनले तस्मानियाकी १२ वर्षीया फ्लोसी नामकी बालिकासँगै उभिएर सामाजिक सञ्जाल कम्पनीहरूले बालबालिकाको मानसिक नाजुकतामाथि नाफा खोज्ने व्यवहार रोक्नुपर्ने बताए ।

फ्लोसीले पनि सामाजिक सञ्जालले युवा मनोविज्ञानमा पारिरहेको प्रभावबारे आवाज उठाइन् ।

सञ्चारमन्त्री अनिका वेल्सका अनुसार डेनमार्क र मलेसिया समेत यस्तै प्रतिबन्ध ल्याउने तयारीमा छन् ।

कम्पनीहरूले प्रतिबन्ध लागू हुनुअघि र लागू भएको तुरुन्तैपछिको अवस्थाको विवरण दिनुपर्नेछ ।

त्यसपछि छ महिनासम्म नियमित रिपोर्टिङ गर्ने व्यवस्था छ । कानूनले उमेर प्रमाणीकरणको जिम्मा कम्पनीमै तोकेको छ ।

केही किशोरकिशोरीले ‘फेसियल एनालिसिस’मार्फत उमेर पुष्टि गर्न आग्रह आएका, तर ती धेरैजसो गलत देखिने गरेको बताए ।

गोपनीयताका कारण सरकारी परिचयपत्रलाई एक मात्र प्रमाणीकरण विधि बनाउन पनि अनुमति छैन ।

ई(सेफ्टी कमिश्नर जुली इन्मान ग्रान्टका अनुसार बालबालिकाका दीर्घकालीन प्रभाव अध्ययन गर्न सुताइ, सामाजिक व्यवहार, परीक्षा नतिजा वा औषधि प्रयोगजस्ता सूचकहरू हेर्ने तयारी छ ।

उनका अनुसार २०२४ मा १३–१५ वर्ष उमेरका ९५ प्रतिशत किशोरकिशोरी सामाजिक सञ्जाल प्रयोगकर्ता थिए, जहाँ युट्युब, टिकटक, स्न्यापच्याट र इन्स्टाग्राम सबैभन्दा लोकप्रिय थिए ।

कानून लागू हुनुअघि दुई किशोरकिशोरीले संविधानविरुद्ध रहेको दाबी गर्दै उच्च अदालतमा चुनौती दिएका थिए ।

अस्ट्रेलियाली सञ्चारमाध्यमका अनुसार रेडिटले समेत कानूनविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

मानवअधिकार समूहहरू भने पूर्ण प्रतिबन्धले उल्टै बालबालिकालाई ‘लुकेर’ प्रयोगतर्फ धकेल्न सक्ने चेतावनी दिन्छन् ।

प्रतिबन्धले जोखिम घटाउँछ भन्ने छैन, बरु छली (जोखिमपूर्ण बाटो) मार्फत प्रयोग बढ्न सक्छ, एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

विशेषज्ञहरूका अनुसार यो कानूनले सामाजिक सञ्जालमार्फत साथीभाइ वा समुदायसँग जोडिन बाध्य टाढाको क्षेत्रका बालबालिका, अल्पसंख्यक र अपांगता भएका युवाहरूलाई बढी प्रभावित गर्न सक्नेछ ।

Page Views: 35
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama