Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘बोक्सीको घर’को सफलतापछि ‘पेट्रोल पम्प’ बनाउँदै केकी

- shuvadmin / मङ्गलबार, पुष २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गत वर्ष नेपाली सिनेमा उद्योगलाई ‘ब्लकबस्टर’ सिनेमा दिएको ‘बोक्सीको घर’को टिम नयाँ चलचित्र निर्माणको सहकार्यमा जुटेको छ ।

अभिनेत्री केकी अधिकारी र निर्देशक सुलक्षण भारतीको टिमले नयाँ चलचित्र ‘पेट्रोल पम्प’ निर्माणको घोषणा गरेको हो ।

“बोक्सीको घर रिलिजको समयमा हामीले कुनै इन्ट्रेस्टिङ प्रोजेक्ट र समय मिलेको खण्डमा हामी पुनः सहकार्यमा जुट्ने छौँ भनेका थियौँ,” केकीले भनिन्, “त्यो समय अहिले पेट्रोल पम्ममार्फत आएको छ ।”

चलचित्रलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । चलचित्रमा कथा पनि निर्देशक सुलक्षणले नै लेखेका छन् ।

प्रोडुसर भने केकी अधिकारी हुनेछिन् । यसअघिको चलचित्र ‘बोक्सीको घर’मा पनि लेखक तथा निर्देशक पनि सुलक्षण नै थिए । प्रोडुसरमा केकी नै थिइन् ।

सोसल ड्रामा चलचित्र ‘पेट्रोल पम्प’ विसं. २०८३ मा रिलिज हुनेछ । चलचित्रमा को–को कलाकार हुनेछन् भन्ने निर्माणपक्षले खुलाएका छैन ।

“पेट्रोल पम्पमा को–को कलाकार रहनेछन् भने हामी केही समयमा विस्तृत जानकारी दिनेछौँ ।

प्राविधिक पनि को–को हुनुहुनेछ हामी विस्तारै जानकारी दिँदै जानेछौँ,” केकीले भनिन् ।

‘बोक्सीको घर’मा भने केकी र सुलक्षण दुवैले अभिनय गरेका थिए । केकी मुख्य भूमिकामा थिइन् ।

बद्री अधिकारी निर्माता रहेको ‘बोक्सीको घर’ले नेपाली बक्सअफिसमा ११ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको थियो ।

केकीको पहिलो निर्माण नै बल्कबस्टर भएको थियो । यो सिनेमाको ‘बुझिन मैले’ गीत भाइरल भएको थियो ।

“हाम्रो पहिलो सिनेमा बोक्सीको घरमा हामीले जसरी नयाँ टेस्ट लिएर दर्शकमाझ आएको थियौँ ।

र दर्शकले मन पराउनु भएको थियो, त्यस्तै यो सिनेमामा पनि हामी नयाँपन दिने कोसिस गर्नेछौँ ।

Page Views: 92
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama