Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रहरीसँगको मिलेमतोमा काल्पनिक दुर्घटना खडा गरी ८१ लाख बीमा ठगी, ३१ जनाविरुद्ध मुद्दा दायर

- shuvadmin / बिहिबार, माघ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, काल्पनिक दुर्घटना खडा गरी बीमा कम्पनी ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरी ३१ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

ठगी गिरोहमा बीमा कम्पनीका कर्मचारी र प्रहरीको समेत मिलेमतो रहेको पुष्टि भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाण्डौले सोमबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी विरुद्ध लिखत किर्ते बीमा ठगी सम्बन्धी मुद्दा दायर गरेको हो।

अभियोगपत्र अनुसार, गिरोहले २९ वटा काल्पनिक दुर्घटना खडा गरी २७ वटा नक्कली पत्रमार्फत ८१ लाख रुपैयाँ बीमा भुक्तानी लिएको खुलासा भएको छ।

गिरोहको योजना प्रमुख हुन् हरि बुढाथोकी, जो पर्सा घर भएका र हाल काठमाण्डौको काँडाघारीमा बस्दै आएका छन्।

यस योजनामा बिकेश कुँवर (बीमा कम्पनी कर्मचारी) र धुव्र शाही (प्रहरी हवल्दार) संलग्न रहेको अभियोगपत्रमा उल्लेख छ।

शाहीले प्रहरी वृत्त बानेश्वरका अन्य कर्मचारीको नाममा नक्कली दुर्घटना सिफारिस पत्र बनाइ बीमा कम्पनीमा पुर्याउने गरेका थिए।

प्रहरीका अनुसार मुख्य प्रतिवादी बुढाथोकीले प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक श्याम खनालको नाममा नक्कली हस्ताक्षर गर्दै प्रहरीको लेटरप्याड प्रयोग गरी २९ वटा नक्कली दुर्घटना सिफारिस पत्र तयार पारेको खुल्न आएको छ।

उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीबाट बीमा रकम हिनामिना गर्न विभिन्न ३० जना सवारीधनी र चालकहरूसँग मिलेर नक्कली दुर्घटनाको योजना बनाएका थिए।

यो तथ्य प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ। प्रहरीले मुद्दा दायर गर्दा, ३१ मध्ये बस व्यवसायी बस्नेतलाई मात्रै पक्राउ गरेको थियो ।

जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले हरि बुढाथोकीलाई २ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश जारी गरेको छ।

त्यस्तै, यस मुद्दामा दर्ता भएका ३० जना अहिलेसम्म फरार रहेका छन्। उनीहरुको ब्लु–बुक र बैंक खाता नम्बर दुरुपयोग गरेको पाइएको छ।

सरकारी वकिल कार्यालयले बीमा ठगी प्रकरणमा सहकारी, कम्पनी कर्मचारी, प्रहरी र अन्य व्यक्तिको मिलेमतो भएको भन्दै न्यायिक प्रक्रिया अघि बढाउने जनाएको छ।

Page Views: 51
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama