Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, जेठ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक

- shuvadmin / बिहिबार, माघ ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक गरिएको छ ।

चलचित्रका निर्माता अविरल थापाका अनुसार गत जनवरी ९ तारिखदेखि अमेजनले आधिकारिकरुपमा भूठानको अंगे्रजी नाम द वल्र्डस् ह्यापियष्ट म्यान नामबाट हालको लागि नर्थ अमेरिका क्षेत्रमा रिलिज गरेको हो ।

विस्तारै चलचित्र संसारभरका अन्य प्लेटफर्मबाट पनि हेर्न सकिनेगरि काम भईरहेको अर्का निर्माता राजेन्द्र ठकुराठीले बताएका छन् ।

गत वेशाखमा नेपालमा रिलिज भएको यस फिल्म भूठान उर्फ द वल्र्डस् ह्यापियाष्ट म्यानमा भुटानबाट अमेरिका पुगेका भुटानी शरणार्थीको कथा छ ।

वृद्ध अवस्थामा पुगेका एक व्यक्तिले जीवनको उत्तरार्धमा अमेरिकाबाट भुटान फर्किन गरेको प्रयास र जिन्दगीले जन्मभूमिमा जरा गाडिसकेपछि पराइ भूमिमा बाध्य भएर बस्नु पर्दाको उकुसमुकुस, पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव देख्न सकिन्छ ।

यो चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य छन् । दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द–लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् ।

हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् ।

हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली चलचित्र हो जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।

विनोद पौडेलको निर्देशन रहेको ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् ।

सुसन प्रजापतिले खिचेका छन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ छन् ।

अन्जय खड्काको सम्पादन, डिकेश खड्गी शाहीको ध्वनी, समवरण केमको संगीत, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पव्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, वलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहेको छ ।

चलचित्रलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।

Page Views: 107
संबन्धित शिर्षकहरु
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
ताजा अपडेट
  • किसानलाई दैनिक एक करोड भुक्तानी दिँदै डीडीसी
  • नागरिक उड्डयनमा मुकेश डंगोल नियुक्त
  • स्वास्थ्यमन्त्री मेहता र ठूलो भ्याक्सिन दाताबीच भेटवार्ता
  • गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
  • ट्राफिक कारबाहीबाट पाैने ५ लाख बढी राजस्व सङ्कलन
  • कुक फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर
  • आमाको नामबाट चार महिनामा २०९ जनालाइ नागरिकता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama