Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असोज २९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गत वर्ष भन्दा साढे १६ प्रतिशतले बढ्यो रेमिट्यान्स, १४ खर्ब ४५ अर्ब भित्रियो

- shuvadmin / आइतबार, भदौ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.५ प्रतिशतले वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत वर्ष १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ भित्रिएको हो।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो।

समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो।

Page Views: 112
संबन्धित शिर्षकहरु
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
अर्थमन्त्री वाग्ले र विश्व बैंकका अजय बाङ्गाबीच भेटवार्ता
चाडपर्वलाई लक्षित गरि सहुलियत दरमा चामल बिक्री
ताजा अपडेट
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
  • संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा नेपाल निर्वाचित
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama