Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राष्ट्रपति बाइडेनका छोरालाई १७ वर्षसम्म कैद हुनसक्ने

- shuvadmin / शनिबार, भदौ २२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई १७ वर्षसम्म कैद हुनसक्ने भएको छ ।

व्यवसायी हन्टरले सङ्घीय करसम्बन्धी मुद्दामा गल्ती गरेको स्वीकारेका छन् । यससँगै उनलाई १७ वर्षसम्म कैद हुनसक्ने भएको हो ।

हन्टरले कर छलेको र करका लागि झुटो व्यहोरा बुझाएकोसम्बन्धी लस एन्जलसको सङ्घीय अदालतमा चलिरहेको मुद्दामा उनले बिहीबार ९ वटा कसूर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका छन् ।

अदालतमा सो मुद्दा हेर्ने ‘ज्यूरी’ छान्न १०० जनाभन्दा बढीलाई अन्तर्वार्ताका लागि बोलाइसकेपछि हन्टरले गल्ती गरेको स्वीकार गरेका हुन् ।

त्यसो त अमेरिकामा सरकारी वकिलसँग सहमति गरेर ठूलो सजायबाट जोगिन थोरै सजाय भएको कसूर स्वीकार गर्ने चलन हुन्छ ।

तर, हन्टरले त्यस्तो सहमति नगरी एकतर्फी रूपमा गल्ती स्वीकार गरेका हुन् ।

उनले गल्ती स्वीकार गरेपछि यो मुद्दामा सजाय निर्धारण भने राष्ट्रपतिको चुनावपछि आगामी डिसेम्बरमा हुनेछ ।

उनले बढीमा १७ वर्ष कैद वा १३ लाख डलरसम्म जरिवानाको सजाय पाउनेछ । गत जुनमा मात्रै हन्टर बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका थिए ।

त्यसमा पनि सजाय सुनाइएको छैन र उनलाई त्यसका लागि छुट्टै २५ वर्षसम्मको जेल सजाय हुनसक्छ । 

Page Views: 58
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama