Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सामूहिक हत्याको मुद्दा चलाउन हसिनालाई स्वदेश फर्काउने तयारी

- shuvadmin / मङ्गलबार, भदौ २५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, बंगलादेशका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ ।

नवनियुक्त मुख्य अभियोजक मोहम्मद ताजुल इस्लामले हसिनालाई हालैका विद्यार्थी आन्दोलनका क्रममा भएको सामूहिक हत्याको आरोपमा मुद्दा चलाउन आवश्यक कदम चालिने बताएका हुन् ।

अगस्ट ५ मा सरकार विरोधी प्रदर्शन चरम सीमामा पुगेपछि हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भइन् र देश छोडेर भारत गएकी थिइन् ।

‘डेली स्टार’ अखबारले प्रमुख अभियोजक इस्लामलाई उद्धृत गर्दै भारतसँगको सुपुर्दगी सन्धिअनुसार पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने जनाएको छ ।

हसिनालाई प्रदर्शनको क्रममा सामूहिक हत्याको आरोपमा मुद्दा चलाउने उनको भनाइ छ ।

ढाकाको न्यायाधीकरण परिसरमा पत्रकार सम्मेलनमा उनले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवताविरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आग्रह गर्नेछौं ।’

अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नूरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणले गत महिना हसिना र अन्य नौ जनामाथि जुलाई १५ देखि अगस्ट ५ सम्म भएको विद्यार्थी आन्दोलनमा नरसंहार र मानवता विरुद्धको अपराधको आरोपमा अनुसन्धान सुरु गरेको थियो ।

इस्लामले न्यायाधीकरण र यसको अनुसन्धान टोलीलाई नयाँ न्यायाधीश र अनुसन्धानकर्ता नियुक्त गरेर पुनर्गठन गर्नुपर्ने बताए ।

Page Views: 55
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama