Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

शनिबार लेबनानमाथि इजरायली सेनाको ४ सय आक्रमण, हिजबुल्लाहद्वारा रकेट प्रहार

- shuvadmin / आइतबार, असोज ०६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, मध्य–पूर्वमा तनाव झनै बढेको छ। शनिबार इजरायली सेनाले लेबनानमाथि ४०० पटक आक्रमण गरेको छ भने हिजबुल्लाहले हाइफा नजिकैको रामत डेभिड सैन्य अड्डामा रकेट प्रहार गरेको छ ।

गाजा युद्ध सुरु भएयता यो सबैभन्दा ठूलो आक्रमण मानिएको छ। इजरायल–लेबनान सीमामा भीषण लडाईं चलिरहँदा गाजामा मानवीय संकट गहिरिँदै गएको छ ।

यसैबीच, गाजामा इजरायली सेनाले कम्तीमा ३० प्यालेस्टाइनीहरूको ज्यान लिएको छ। गाजा सहरको जैतुन स्कूलमा भएको आक्रमणमा २२ जना प्यालेस्टाइनीहरू मारिएका छन्।

इजरायलको तेल अभिभमा हजारौं मानिसहरूले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सरकारलाई गाजामा हमासद्वारा बन्धक बनाइएकाहरूलाई मुक्त गर्न थप प्रयास गर्न आग्रह गर्दै प्रदर्शन गरेका छन्।

गाजामा इजरायलको युद्धमा हालसम्म कम्तीमा ४१ हजार ३९१ मानिसहरू मारिएका छन् र ९५ हजार ७६० घाइते भएका छन्।

इजरायलमा अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा कम्तीमा १ हजार १३९ जनाको मृत्यु भएको थियो र २०० भन्दा बढी मानिसहरूलाई बन्धक बनाइएको थियो।

यो संकट समाधानको लागि अन्तर्राष्ट्रिय समुदायले तत्काल कूटनीतिक पहल गर्नुपर्ने आवाज उठेको अलजजीराले जनाएको छ।

Page Views: 46
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama