Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इजरायल–इरान युद्धले तेलको मूल्य आकाशियो, गम्भीर अवस्था आउन सक्ने चेतावनी

- shuvadmin / शुक्रबार, असोज १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, पछिल्लो साता विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ ।

मध्यपूर्वमा देखिएको भूराजनीतिक तनाव अर्थात् इरानले इजरायल माथि मिसाइल आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बृद्धि भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इजरायलले इरानको तेल उद्योगमा आक्रममण गर्न सक्ने सम्भावनका विषयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले छलफल गरिहेको बताएसँगै तेलको मूल्यमा ५ प्रतिशतले बृद्धि भएको बिबिसीले जनाएको छ ।

के इजरायललाई इरानका तेल कारखानामा आक्रमण गर्न अमेरिकाले समर्थन गर्छ भन्ने प्रश्नको जवाफमा राष्ट्रपति बाइडेनले भनेका छन् – हामी यसबारे छलफल गर्नेछौँ ।

इरान विश्वको सातौं ठूलो तेल उत्पादक राष्ट्र हो । उसले आफ्नो उत्पादनको लगभग आधा हिस्सा विदेश निर्यात गर्दै आएको छ ।

उसको मुख्य बजार चीन हो । सोमबार इरानले इजराइलमा आक्रमण गरेपछि ब्रन्ट कच्चा तेलेको मूल्य १० प्रतिशतले बृद्धि भएर प्रति ब्यारेल ७७ अमेरिकी डलर पुगेको छ ।

यद्यपी यो मूल्य यस वर्षको सबैभन्दा तलको मूल्य हो । सन् २०२२ मा रुस–युक्रेन युद्धमा तेलको मूल्यमा कम प्रभाव परेको थियो ।

तर, मध्यपूर्वमा युद्ध विस्तार र अन्य बजारका कारणले बजार प्रभावित भएको छ । विशेष अन्तर्राष्ट्रिय चासो के छ भने स्ट्रेट अफ होर्मुजलाई अवरुद्ध गर्न सक्छ कि सक्दैन भन्ने हो ।

जहाँबाट एक तिहाइ तेल ट्याङ्कर वारपार हुने र एलएनजीका ग्यास आयात निर्यात हुने गर्दछ ।

रुस–युक्रेन युद्ध सुरु भएपछि विश्वमा अधिकतम एलएनजी ट्याङ्करमा प्रशोधित ग्यासमा निर्भर हुँदै आएको छ ।

बैंक अफ इङ्गल्याण्डका गभर्नर एन्ड्र्यू बेलीले बिहीबार ‘धेरै गम्भीर’ सम्भावित प्रभावको चेतावनी दिएका छन् । उनले विकसित घटनाक्रमलाई ‘अत्यन्त ध्यानपूर्वक’ हेरेको बताएका छन् ।

विश्वका केन्द्रीय बैंकका प्रमुखहरूले महामारी र युक्रेन युद्धबाट तीन वर्षको महँगाईको झट्का विरुद्ध चुपचाप सहेका थिए ।

तर, अहिलेको अवस्था त्यति सहज छैन् । यस विषयमा युद्धरत मुलुकका प्रमुखसँग विश्वका केन्द्रिय बैंकका प्रमुख कार्यकारीले छलफल गर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ ।

यसले गम्भीर अवस्था सिर्जना गर्न सक्ने चेतावनी दिइएको छ ।

Page Views: 50
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama