Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कुकबुक ‘द मिस्टिक किचेनस अफ नेपाल’ सार्वजनिक

- shuvadmin / शनिबार, कार्तिक २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रसिद्ध पाक विज्ञ तथा प्रशिक्षक शेफ विक्रम वैद्यद्धारा लिखित पाक पुस्तक (कुकबुक) द मिस्टिक किचेन्स अफ नेपाल सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमान्डौको होटल मनास्लुमा आयोजित एक समारोहवीच स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त पुस्तकको विमोचन गरेका हुन् ।

अंग्रेजी भाषामा लेखिएको वैद्यको यो पुस्तक अमेरीकामा यसघिनै विमोचन भई धेरै प्रति विक्री भइसकेको छ ।

पुस्तक विमोचन गर्दै मन्त्री पौडेलले बृहत कुकबुकमार्फत नेपाली खाना संस्कृति र परिकारलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न पु¥याएको योगदानका लागि शेफ वैद्यको प्रशंसा गरे ।

उनले खाना जीवन धान्नका लागि मात्र नभई जनताको स्वास्थ्य, संस्कृति र परम्परासँग घनिष्ट रूपमा जोडिएको छ भन्दै समृद्ध नेपाली खाद्य संस्कृतिको संरक्षणका लागि कुकबुक एउटा कोसेढुङ्गा हुने बताए ।

“पुस्तकले देशमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न र शेफ पेसालाई मर्यादित बनाउनका लागि पनि महत्वपूर्ण भूमीका निभाउन सक्छ,” उनले भने ।

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पाक संकृति पर्यटनको महत्वपूर्ण आयम भएकाले यस पुस्तकले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका थिए ।

उनले नेपाली पर्यटनलाई आन्तरिक र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नका लागि शेफ वैद्यको कुकबुक सहयोगी हुने विश्वास लिए ।

अर्को सन्दर्भमा उनले नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि देखापरेकाकानुनी कठिनाइहरू समाधान गर्न सफल भएको बताए ।

उनले खरिद ऐनमा हालै भएको संशोधनले बोर्डलाई अन्तर्राष्ट्रिय पक्षबाट सीधै सेवा खरिद गर्न सक्ने बनाएको जानकारी दिए ।

“पर्यटन बोर्डले अब नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि बीबीसी र सीएनएन जस्ता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सेवा सीधै खरिद गर्न सक्नेछ,” उनले भने ।

उपाध्यक्ष सापकोटाले अहिले नेपालमा पदयात्राको मुख्य समय भएको कुरालाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भार कार्य स्थगित गर्न पर्यटनमन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह पनि गरे ।

आफ्नो पुस्तकको बारेमा बोल्दै शेफ वैद्यले यो पुस्तक आफुले २० वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा गरेको गहन अध्ययन, अनुसन्धान र अभ्यासको परिणाम भएको बताए ।

“नेपालको मिस्टिक किचेन्स एक कुकबुक मात्र होइन – यो माटोलाई आत्मासँग जोडने खाना, संस्कृति र समुदाय बीचको गहिरो सम्बन्धको उत्सव हो,“ वैद्यले भने ।

वैद्यले आफ्नो पुस्तक प्रतिष्ठित जेम्स ब्रेड अवार्डमा प्रतिस्पर्धाका लागि स्वीकृत भएको पनि जानकारी दिए ।

यस पुस्तकमा व्यंजनहरुको सांकृतिक र ऐतिहासिक महत्वका बारेमा संक्षिप्त टिप्पणीसहित एक सय ४० भन्दा बढी मौलिक नेपाली रेसिपीहरु समावेश गरिएका छन् ।

पुस्तकले पाठकहरुलाई नेपालको विविध परिदृष्य र संस्कृतिको माध्यमबाट अविस्मरणीय पाक यात्राका लागि आमन्त्रण गरेको छ ।

काठमान्डौको भीडभाड सडकदेखि हिमालको शान्त फेद र तराइका समतल फाँटसम्म फैलिएको नेपालको समृद्ध पाक संकृतिलाई प्रवर्धन गर्ने जीवन्त स्वादहरुको एउटा संग्रहको रुपमा यो पुस्तक प्रकाशित भएको छ ।

यस पुस्तकमार्फत शेफ वैद्यले प्रसिद्ध नेपाली शास्त्रिय व्यञ्जन र विभिन्न जातीय समुदायमा लुकेर रहेका विभिन्न परिकारहरु र तीनिहरुको संकृतिक तथा ऐतिहासिक पक्षलाई संग्रहित गरेका छन् ।

घरमा पकाउने र व्यवसायिक प्रयोजन दुवैका लागि नेपाली पाक संकृतिको सौन्दर्य र गहिराइको अनुभव गर्ने अवसर प्रदान गर्ने यस पुस्तकले नेपाली पाक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान गर्ने छ ।

शेफ वैद्यले संयुक्त राज्य अमेरिकाको ले कोर्डन ब्लु र ओरेगन कुलिनरी ईन्स्टिच्युट जस्ता प्रख्यात शैक्षिक संस्थाहरुमा दुई दशकभन्दा बढि समय आवद्ध भएर विद्यार्थीहरुलाई अन्तराष्ट्रिय संकृति र परिकारको विधामा शिक्षा तथा प्रशिक्षणको माध्यमबाट प्रेरणा दिई योगदान गरेका छन् ।

नेपाली पाक संस्कृतिप्रतिको आफ्नो गहिरो प्रेमलाई यस बृहत पाक पुस्तक मार्फत विश्व मञ्चमा ल्याउन सफल भएपश्चात अब आफ्नो यात्राले पुर्णता पाएको महशुस भएको उनी बताउँछन् ।

नेपालमा जन्मेर अमेरीकालाई आफ्नो कर्मभूमी बनाएका लेखक वैद्यले आफ्नो जन्मभूमीमा योगदान गर्ने आफ्नो प्रतिबद्धता अनुरुप यस पुस्तकको बिक्रिबाट प्राप्त हुने आम्दानीको केही अंश नेपालमा महिला र बालबालिकाको शिक्षालाई सहयोगार्थ दान दिने घोषणा पनि गरेका छन् ।

Page Views: 84
संबन्धित शिर्षकहरु
आज कुन-कुन तरकारी सस्तियाे
आजबाट भरी सिलिण्डर ग्यास पाइने
मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama