Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ३२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

प्रधानमन्त्री ओलीको भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन जाँदै

- shuvadmin / बुधबार, कार्तिक २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आगामी डिसेम्बरका लागि तय भएको प्रधानमन्त्री केपी ओलीको औपचारिक चीन भ्रमणअघि त्यसको तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा बेइजिङ जाने भएकी छिन् ।

औपचारिक घोषणा हुन बाँकी रहेको प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि उनका चिनियाँ समकक्षी ली छ्याङले १७ देखि २१ मंसिरसम्मको कार्यतालिका बनाएर पाँचदिने औपचारिक भ्रमणको निम्तो पठाइसकेका छन् ।

सोही भ्रमणको तयारीका लागि १४ मंसिरमा परराष्ट्रमन्त्री राणा चीनको भ्रमणमा जाने भएकी हुन् । तयारी चलिरहेको छ, आजै साँझसम्म टुंगो लाग्छ,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले समकक्षी वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका अन्य वरिष्ठ अधिकारी र नेताहरूसँग भेट्ने कार्यक्रम छ । त्यसपछि उनी बेइजिङ पुगेर प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलमा सहभागी हुनेछन् ।

चिनियाँ पक्षले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री ओलीको चीन भ्रमणका लागि यसअघि नै निमन्त्रणा दिएको थियो ।

सोमबार मात्रै चिनियाँ राजदूत चेन सोङले परराष्ट्रमन्त्री राणालाई सिंहदरबारमा भेटेर निमन्त्रणा दिएका हुन् ।

त्यसअघि परराष्ट्रमन्त्री राणाले चिनियाँ समकक्षी वाङबाट सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको
महासभाको साइडलाइन भेटमा पनि निमन्त्रणा पाएकी थिइन् ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)को दुईदलीय राजनीतिक संयन्त्रले पनि प्रधानमन्त्री ओलीको चीन भ्रमणको पूर्वतयारी गर्ने जिम्मेवारी परराष्ट्रमन्त्री राणालाई नै दिएको छ ।

Page Views: 63
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
ताजा अपडेट
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने
  • स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama