Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलमा काठमाडौँसँग लज्जास्पद हार खेप्दै बाहिरियो लुम्बिनी

- shuvadmin / बुधबार, मङि्सर २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा काठमाडौँ गोर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना एक खेल अगावै सकिएको हो ।

जीतसँगै काठमाडौँले प्ले अफ पुग्ने सम्भावना बढाएको छ । बलर जमेको दिन लु्म्बिनीले जीतका लागि एक सय चार रनको सामान्य लक्ष्य पछ्याए पनि सफल हुन सकेन् ।

लुम्बिनी १९।२ ओभरमा सबै विकेटको क्षतिमा ८५ रनमा समेटिएको हो । काठमाडौँका बलर चम्किएको खेलमा लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक २६ रन बनाए ।

यस्तै उन्मुक्त चन्दले १४, सूर्य तामाङले ११ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न काठमाडौँका कप्तान करण केसीले चार विकेट लिए ।

उनले पूरै चार ओभर बलिङ गर्दै १६ रन खर्चिए । करण प्लेयर अफ दि म्याच बने । यस्तै दीपेश कँडेलले तीन तथा जेराल्ड इरास्मसले दुई र रसिद खानले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँले १९.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

काठमाडौँका लागि भीम सार्कीले सर्वाधिक ३१ रन बनाए । डन डथवेटले २१, प्रतीक श्रेष्ठले २० र स्टेफ स्किन्जीले रन बनाए ।

बलिङमा लुम्बिनीका साद विन जफरले तीन विकेट लिए । यस्तै अविशेष गौतम र रामोन सिमोन्डले दुई दुई तथा सूर्य तामाङ र विवेक यादवले एक एक विकेट लिए ।

काठमाडौँको यो दोस्रो जीत हो । जीतसँगै चार खेलबाट चार अङ्क बनाएको काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ ।

काठमाडौँले प्ल अफ पुग्ने सम्भावना बलियो बनाएको छ । ६ खेलमा पाँचौँ हार खेपेको लुम्बिनी दुई अङ्क जोड्दै बाहिरिएको छ ।

लुम्बिनीले अब लिगको अन्तिम खेल कर्णाली याक्ससँग खेल्नेछ । लिगको शीर्षस्थानमा रहेको सुदूरपश्चिम रोयल्स आठ अङ्कसहित शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार नै भएको खेलमा सुदूरपश्चिमले जनकपुर वोल्ट्सलाई ७२ रनले हराएको थियो । सुदूरपश्चिमसँग हारेसँगै अपराजित यात्रामा पूर्ण विराम लागेको जनकपुर आठ अङ्क सहित दोस्रो स्थानमा छ ।

पाँच खेलबाट समान ६ अङ्क बनाएको चितवन राइनोज र कर्णाली याक्स क्रमशस् तेस्रो र चौथो स्थानमा छ ।

Page Views: 56
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama