Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ब्राजिलमा ट्रक र बस आपसमा ठोक्किँदा ३८ जनाको मृत्यु, राष्ट्रपतिद्वारा शोक व्यक्त

- shuvadmin / आइतबार, पुष ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, दक्षिणपूर्वी ब्राजिलमा बस र ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा कम्तीमा ३८ जनाको मृत्यु भएको छ।

दुर्घटना शनिबार मिनास गेराइसमा भएको हो। यो दुर्घटना बीआर ११६ राजमार्गको मिनास गेराइसको टियोफिलो ओटोनी नजिक भएको हो।

अधिकारीहरूले बस चालकसहित मर्नेहरूको संख्या ३८ भएको बताएका छन्।

दमकलले क्षतिग्रस्त बसबाट १३ जना यात्रुलाई उद्धार गरेको र स्थानीय अस्पतालमा भर्ना गरिएको बताएको छ।
यसैबीच ट्रक चालक घटनास्थलबाट फरार भएका अधिकारीहरुले जानकारी दिएका छन्।

साओ पाउलोबाट बाहियाका लागि ४५ यात्रु बोकेको बसको टायर फुटेका कारण अनियन्त्रित भई ट्रकसँग ठोक्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

यद्यपि, रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीका अनुसार ट्रकबाट ग्रेनाइटको टुक्रा सडकमा खसेको थियो, जसले दुर्घटना निम्त्याएको हुन सक्छ।

उक्त दुर्घटना के कारणले भएको हो भन्ने कुरा फरेन्सिक अनुसन्धानपछि मात्र थाहा हुने दमकलका अधिकारीले बताएका छन्।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा। सिल्भाले सामाजिक सञ्जालमा शोक व्यक्त गरेका छन्।

Page Views: 63
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama