Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेप्सेमा दोहोरो अंकको करेक्सन, ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दू्रमा सीमित

- shuvadmin / बिहिबार, माघ १०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ ।

आज नेप्से परिसूचक ०.४१ प्रतिशत अर्थात ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दू्रमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले घटेर ४४६.८१ विन्दूमा झरेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ५१ लाख ४ हजार ०३३ कित्ता सेयर ७ अर्ब ८५ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज विकास बैंक समूह ०.८३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.३५ अंकले बढ्यो ।

आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.४३ प्रतिशतले घट्यो ।

यस्तै बैंकिङ समूह ०.६१ प्रतिशत, होटल ०.७८,हाईड्रो ०.५५,लगानी ०.७९,जीवन बीमा ०.०१,लघुवित्त ०.०१,म्युचुअल फण्ड ०.२५,निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूह ०.२३ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन सप्तकोशी डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ८९ लाख बढीको कारोबार भयो ।

एनआरएन इन्फ्रास्ट्रक्चरको पनि आज २१ करोड ३८ लाख,युनाइटेड इदी मर्दीको १९ करोड ५५ लाख र सिन्धु विकास बैंकको १७ करोड १६ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

आज सामुदायिक लघुवित्त,कर्पोरेट डेभलपमेन्ट बैंक,सिक्लेस हाईड्रोपावर,सप्तकोशी डेभलपमेन्ट बैंक र धौलागिरी लघुवित्तको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ८.४६ प्रतिशत,दोल्ती पावरको ८.१० र युनाइटेड इदी मदीको ७.४० प्रतिशतले बढ्यो ।

यो दिन सुपर मादी हाईड्रो र मन्दाकिनी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात १० प्रतिशतले घट्यो ।

जानकी फाइनान्सको सेयरमूल्य आज ७.४७ प्रतिशत,पोखरा फाइनान्सको ५.७४ र नेपाल फाइनान्सको सेयरमूल्य ४.७४ प्रतिशतले घट्यो ।

Page Views: 66
संबन्धित शिर्षकहरु
सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
आज कुन-कुन तरकारी सस्तियाे
राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama