Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा १५ जनाको मृत्यु

- shuvadmin / बुधबार, माघ १६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, भारतको विश्वको सबैभन्दा ठूलो धार्मिक जमघटमा भएको भागदौडमा कम्तीमा १५ जनाको मृत्यु भएको र धेरै घाइते भएको कुम्भ मेला महोत्सवका एक चिकित्सकले बुधबार बताएका छन् ।

भारतीय धार्मिक उत्सवहरूमा घातक भीडभाड एक कुख्यात विशेषता हो र अकल्पनीय भक्तजनहरूको भीड हुने कुम्भ मेलामा बिहानै भएको यो घटना अघि नै दुःखद इतिहास थियो ।

छ हप्ते यो उत्सव हिन्दू धार्मिक पात्रोको सबैभन्दा ठूलो मिलन विन्दू हो र बुधबार पवित्र स्नानको दिनमा लाखौँ मानिसको सहभागिता हुने अपेक्षा गरिएको थियो ।

“अहिलेसम्म कम्तीमा १५ जनाको मृत्यु भएको छ । अरूको उपचार भइरहेको छ”, मिडियासँग बोल्न अधिकार नभएको बताउँदै नाम नखुलाइएका उत्सवस्थलका चिकित्सकले बताए ।

उद्धार टोलीहरूले तीर्थयात्रीहरूसँग मिलेर कपडा, जुत्ता र अन्य छरिएका सामानहरूले भरिएको स्थलबाट पीडितहरूलाई बोकेर लैजाँदै गरेको देखिएको थियो ।

प्रहरी अधिकारीहरूले बाक्लो कम्बलले ढाकिएका मृतकहरूको शव स्ट्रेचरमा बोकेर हिँडेको देखिन्थ्यो ।

दर्जनौँ आफन्तहरू दुर्घटनास्थलबाट करिब एक किलोमिटर टाढा उत्सवका लागि बनाइएको अस्थायी अस्पतालको ठूलो पालबाहिर चिन्तित भएर समाचारको प्रतीक्षा गरिरहेका थिए ।

बुधबार उत्सवको सबैभन्दा पवित्र दिनहरू मध्ये एक हो । उत्सवमा भगवा वस्त्रधारी साधुहरूले लाखौँ भक्तजनलाई गङ्गा र यमुना नदीको सङ्गमस्थलमा पाप–मुक्तिका लागि पवित्र स्नान गराउने कार्यक्रम थियो ।

तर यसको सट्टा अधिकारीहरूले तीर्थयात्रीहरूलाई जलमार्गबाट टाढा रहन आग्रह गर्दै लाउडस्पिकर लिएर उत्सव स्थलमा घुमिरहेका थिए ।

“हामी सबै भक्तजनलाई मुख्य स्नान स्थलमा नआउन विनम्र अनुरोध गर्दछौँ”, एक उत्सव कर्मचारीले आफ्नो मेगाफोनबाट आवाजमा भने, “कृपया सुरक्षाकर्मीहरूसँग सहकार्य गर्नुहोस् ।”

धेरै तीर्थयात्रीहरूले उत्सवबाट चाँडै बाहिरिने निर्णय गरे । “मैले समाचार सुनेँ र स्नान स्थल देखेँ”, सहभागी सञ्जय निषादले भन्नुभयो, “मेरो परिवार डरायो, त्यसैले हामी जाँदैछौँ ।”

धेरै मानिस कुल्चिए

स्थानीय सरकारी अधिकारी आकांक्षा राणाले प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) समाचार एजेन्सीलाई केही भीड नियन्त्रण अवरोधहरू ढलेपछि भागदौड सुरु भएको जानकारी दिनुभयो ।

तीर्थयात्री मालती पाण्डेले ब्यारिकेड गरिएको पैदल मार्गमा नदीमा नुहाउन जाँदै गर्दा भागदौड सुरु भएको बताए । “अचानक भीडले धक्का दिन थाल्यो र धेरै मानिसहरू कुल्चिए”, ४२ वर्षीय पाण्डेले भने ।

कुम्भ मेला हिन्दू पौराणिक कथामा आधारित छ, जसमा अमृत कलश नियन्त्रणका लागि देवता र दानवहरूबीच युद्ध भएको थियो ।

आयोजकहरूले यस वर्षको उत्सवको आकारलाई एक अस्थायी देशसँग तुलना गरेका छन् । फेब्रुअरी २६ को अन्तिम दिनसम्म ४० करोड तीर्थयात्री आउने अनुमान गरिएको छ ।

घातक भीड दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रहरीले यस वर्ष उत्सवस्थल र फराकिलो शिविरतर्फ जाने सडकहरूमा सयौँ क्यामेरा जडान गरेको छ । ती पोल र ड्रोनहरूमा जडित छन् ।

निगरानी नेटवर्कलाई एक परिष्कृत कमाण्ड एन्ड कन्ट्रोल सेन्टरमा जोडिएको छ जसले भीडको केही भाग यति सघन भएमा सुरक्षाको खतरा हुनसक्ने सम्बन्धमा कर्मचारीहरूलाई सचेत गराउँछ ।

सन् १९५४ मा कुम्भ मेलाको एकै दिन कुल्चिएर वा डुबेर चार सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यो विश्वव्यापी रूपमा भीड–सम्बन्धित विपत्तिमा सबैभन्दा ठूलो मृत्यु सङ्ख्या मध्ये एक हो ।

उत्तरी शहर प्रयागराजमा अन्तिम पटक सन् २०१३ मा आयोजित उत्सवमा अन्य ३६ जनाको कुल्चिएर मृत्यु भएका थियो ।

रासस/एएफपी

Page Views: 58
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
अर्जेन्टिना र इङ्ग्ल्यान्ड सेमिफाइनलमा भिड्ने
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama