Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दिल्ली चुनावमा भाजपाले बहुमत ल्याउने अधिकांश एग्जिट पोलको प्रक्षेपण

- shuvadmin / बिहिबार, माघ २४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, दिल्ली विधानसभाको चुनावमा अधिकांश एग्जिट पोलहरूले भारतीय जनता पार्टीको सिट संख्यामा व्यापक वृद्धि हुने देखाएका छन्।

ती एग्जिट पोलहरूले लामो समयदेखि सत्तामा रहेको आम आदमी पार्टी पछि परेको र भाजपाले सरकार बनाउने देखाएका छन्।

एग्जिट पोलका प्रक्षेपण सही ठहरिए दुई दशकपछि भाजपा दिल्लीको सत्तामा फर्किने छ। दिल्ली विधानसभाको ७० सिटका लागि बुधबार भएको मतदानमा ६८ प्रतिशत मत खसेको थियो।

चाणक्य स्ट्राटेजिजले भाजपाको पक्षमा ३९–४४ सिट दिएको छ भने आम आदमी पार्टीलाई २५–२८ सिट। उसले कंग्रेसको पक्षमा ३ सिट दिएको छ।

म्याटराइजले पनि भाजपालाई ३५-४० सिट दिँदा आम आदमी पार्टीलाई ३२–३७ सिट दिएको छ। जेभीसीले भाजपालाई ३९–४५ सिट दिँदा आम आदमीका पक्षमा २२–३१ सिट दिएको छ।

पिपुल्स पल्सको एग्जिट पोलमा भाजपालाई ५१–६० सिट दिइँदा आम आदमी पार्टीलाई १०–१९ सिट दिइएको छ।

पोल डायरीको एग्जिट पोलमा भाजपालाई ४२–५० सिट दिइएको छ। आम आदमीलाई भने यो पोलले १८–२५ सिट दिएको छ।

पिपुल्स इनसाइटले भाजपाको पक्षमा ४०–४४ सिट दिँदा आम आदमी पार्टीको पक्षमा २५–२९ सिट दिइएको छ।

त्यस्तै, पी मार्क एग्जिट पोलले भाजपाले ३९–३९ सिट ल्याउने अनुमान गर्दा आम आदमी पार्टीले २१–३१ सिट प्राप्त गर्ने भविष्यवाणी गरेको छ।

Page Views: 32
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama