Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे का दिन रिलिज हुने

- shuvadmin / बिहिबार, फागुन ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको चलचित्र ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ ।

एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप र कम्प्युटरमा पनि उपलब्ध छ ।

यसैले हरेक वर्गका दर्शकले आफूले मनपर्ने फिल्म सजिलै हेर्न पाउँछन् ।

चलचित्रका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत बुलबुल हेर्न अत्याधिक माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको बताए ।

कहाँबाट कतिले चलचित्र हेरे र कति आम्दानी भयो भन्ने सबै चलचित्र निर्माता आफैँले पारदर्शीरुपमा हेर्न सकिने हुँदा चलचित्र निर्माताका लागि र दर्शकको लागि पनि घरमै बसीबसी विभिन्न प्लेटफर्ममा आफनो समयअनुसार चलचित्र हेर्न पाउनु आफैँ राम्रो भएको थापाले बताए ।

स्वस्तिमा खड्काले यो चलचित्रमा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेकी थिइन् ।

निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए । यो चलचित्रले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो । संसारका कैयन अन्य चलचित्र महोत्सवमा पनि छानिएको थियो ।

चलचित्रमा अभिनेता मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ । मुकुनले २०१९ मा यही चलचित्रबाट आफ्नो फिचर सिनेमामा डेब्यू गरेका थिए ।

यही टिमले बनाएको हरिवंश आचार्यको प्रमुख भूमिका रहेको चलचित्र ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शनमा आउँदै छ ।

Page Views: 51
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama