Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, कार्तिक ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

७ कम्पनीको सेयरमूल्यमा सर्किट, हिमालयन रिमा साढें ४३ लाख बढी कित्ता खरिद अर्डर,बिक्री अर्डर शून्य

- shuvadmin / मङ्गलबार, पुष २४, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डौ, साताको तेस्रो कारोबार दिन मंगलबार सात वटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, अपर स्यांगे हाइड्रोपावर,त्रिशुली जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर,नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र तेह्रथुम पावर कम्पनी छन् ।

धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबारदेखि हिमालयन रि(इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा पुगेको थियो । यो दिन भने १० प्रतिशतले बढेर ३७४.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

मार्केट डेप्थमा उक्त अवधिसम्ममा ४३ लाख ३५ हजारभन्दा बढी कित्ता खरिद अर्डर छ भने बिक्री अर्डर शून्य छ ।

यो समाचार तयार पार्दाको अवधि १२: ५० बजेसम्ममा बजार ३२.५२ अंकले बढेर २ हजार ९२.०२ विन्दूमा पुगेको छ ।

यसैगरी, कारोबार भने २ अर्ब ६० करोड रुपैयाँभन्दा माथि भएको छ ।

हिमालयन सेयरमूल्य बारे बजार जानकार महेश रिजालले कम्पनीको सेयरमूल्य धितोपत्र बजारमा सूचीकृत भएपछि सकारात्मक प्रभाव परेको बताए ।

उनका अनुसार कम्पनीको सेयरमा अधिकतम खरिदकर्ताहरु देखिएकाले मूल्य अझै केही दिन बढ्ने अनुमान छ ।

Page Views: 110
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
ताजा अपडेट
  • दशैँमा मौसममा उल्लेखनीय परिवर्तन नहुने
  • आज दुईवटा अध्यादेश जारी
  • दसैँका लागि नोट साट्दै सर्वसाधारण
  • चौंरीदेउरालीमा भलिबल प्रतियोगिता शुरु
  • जाजरकोटमा जिप दुर्घटना दुईको घटनास्थलमै मृत्यु, तीन जना घाइते
  • प्रधानमन्त्री पत्नि सविनाको एपेन्डिसाइटिसको शल्यक्रिया
  • आजका लागि कुन कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • आज बडादशैँकाे पाँचौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama