Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ३०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

७ कम्पनीको सेयरमूल्यमा सर्किट, हिमालयन रिमा साढें ४३ लाख बढी कित्ता खरिद अर्डर,बिक्री अर्डर शून्य

- shuvadmin / मङ्गलबार, पुष २४, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डौ, साताको तेस्रो कारोबार दिन मंगलबार सात वटा अलग-अलग कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा हिमालयन रि-इन्स्योरेन्स, अपर स्यांगे हाइड्रोपावर,त्रिशुली जलविद्युत् कम्पनी, सिंगटी हाइड्रोपावर,नेपाल वेयरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी र तेह्रथुम पावर कम्पनी छन् ।

धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएकै दिन सोमबारदेखि हिमालयन रि(इन्स्योरेन्सको सेयर कारोबारमा सकारात्मक सर्किट लागेको छ ।

सोमबार कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा पुगेको थियो । यो दिन भने १० प्रतिशतले बढेर ३७४.१० रुपैयाँमा कारोबार भइरहेको छ ।

मार्केट डेप्थमा उक्त अवधिसम्ममा ४३ लाख ३५ हजारभन्दा बढी कित्ता खरिद अर्डर छ भने बिक्री अर्डर शून्य छ ।

यो समाचार तयार पार्दाको अवधि १२: ५० बजेसम्ममा बजार ३२.५२ अंकले बढेर २ हजार ९२.०२ विन्दूमा पुगेको छ ।

यसैगरी, कारोबार भने २ अर्ब ६० करोड रुपैयाँभन्दा माथि भएको छ ।

हिमालयन सेयरमूल्य बारे बजार जानकार महेश रिजालले कम्पनीको सेयरमूल्य धितोपत्र बजारमा सूचीकृत भएपछि सकारात्मक प्रभाव परेको बताए ।

उनका अनुसार कम्पनीको सेयरमा अधिकतम खरिदकर्ताहरु देखिएकाले मूल्य अझै केही दिन बढ्ने अनुमान छ ।

Page Views: 73
संबन्धित शिर्षकहरु
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक
ताजा अपडेट
  • हेटौँडा कपडा उद्योगलाई पुनः सञ्चालन गर्ने तयारी
  • विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
  • देशकाे अधिकांश स्थानमा पानी पर्ने
  • राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर निर्धारण
  • पहिराेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • ‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
  • लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
  • सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama