Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तीज लक्षित दुई गीतप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आपत्ति, प्रतिबन्ध लगाउन माग

- shuvadmin / बिहिबार, असार २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, तीज पर्वलाई लक्ष्य गरी ल्याइएका दुई गीतप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आपत्ति जनाउँदै यसको प्रकाशन र प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार विज्ञप्ति जारी गरी धुर्ब पुन र चन्द्र कुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमारमा’ गीतले विकृति र अश्लीलता फैलाएको आरोप लगाउँदै यसमा प्रतिबन्ध लगाउन माग गरेको हो।

‘तीज पर्वको नाममा उत्पादन हुने कुनै पनि विकृति, अश्लीलता, अपशब्द र सामाजिक मर्यादाविपरीत सामग्री समावेश गरेका गीतहरूलाई पत्रपत्रिका, रेडियो, टेलिभिजन, युट्युब तथा सामाजिक सञ्जाललगायत कुनै पनि माध्यमबाट प्रकाशन तथा प्रसारण नगर्न र नगराउन सबै सरोकारवाला निकायहरूलाई अनुरोध गर्दछ, विज्ञप्तिमा भनिएको छ, यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेहरूलाई आवश्यक कारबाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्युरो, कलाकार संगठनलगायत सम्बन्धित निकायहरूमा औपचारिक अनुरोध गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।’

यस क्रममा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल सांस्कृतिक विरासत जोगाउन मौलिक, सन्देशमूलक, लोक परम्परा झल्काउने गीतहरूको संरक्षण, प्रचार प्रसार र प्रोत्साहन गर्न सबै सञ्चारकर्मी, सर्जक, गायक, संगीतकर्मी तथा आम नागरिकलाई आह्वान पनि गरेको छ।

तीज पर्वमा विकृति र अश्लीलता फैलाउने गीतहरूप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै पवित्र नेपाली पर्वमध्ये एक प्रमुख सांस्कृतिक पर्व तीज नजिकिँदै गर्दा केही वर्षदेखि यस पर्वका नाममा बजारमा आइरहेका गीत(संगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीले राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गम्भीर चिन्ता प्रकट गरेको छ।

Page Views: 160
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama