Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चलचित्र ‘परिवार’को छायांकन शुरु

- shuvadmin / शनिबार, साउन ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘परिवार’ निर्माणको घोषणा गरिएको छ । राजधानीमा शुभमुहूर्त गर्दै निर्माणपक्षले आज यो चलचित्र निर्माणको घोषणा गरेको हो ।

मदन थापाको निर्देशन रहने चलचित्रको शुभमुहूर्तसँगै छायाकंन सुरुवात गरिएको छ ।

यस सिनेमाको अधिकांश छायाकंन काठमाडौंमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायांकन गर्ने निर्माणपक्षले जानकारी दिएको छ ।

निर्देशक थापाले यस अघि चलचित्र ‘बाटोस् रोड टू डेथ’ निर्देशन गरेका थिए । भदौ २७ गते रिलिज हुने चलचित्र ‘अभिमन्यु स् च्याप्टर-१’मा क्रिएटिभ निर्देशकको रुपमा समेत काम गरेका छन् ।

चलचित्र ‘परिवार’को अनाउन्समेन्ट पोस्टरमा चारजना व्यक्ति छन् । एक पुरुष, दुई महिला र एउटा बच्चा देखिएको छ ।

दुईवटी श्रीमती हो कि भन्ने शंका गर्न सकिन्छ । सँगै कुकुर र बिरालो पनि छन् ।

टाइटल डिजाइनमा ‘परि’ छुट्टै लेखिएको छ भने बाँकी अंग्रेजीमा डब्ल्यूएआर अर्थात् ‘वार’ लेखिएको छ ।

यसले परिवारमा रहेको द्वन्द्वलाई संकेत गरेको छ । परिवारका सदस्यका साथमा रहेको कुकुर र बिरालोले मिल्न नसकेको परिवार अथवा झगडा भइरहने परिवारको संकेत गरेको छ ।

चलचित्रमा को(को कलाकार छन् भन्ने बारेका निर्माण पक्षले कुनै जानकारी खुलाएको छैन ।

चलचित्रमा किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेका छन् । सहनिर्मातामा सन्तोष अधिकारी छन् ।

चलचिको कथा प्रेम थापा र गणेश उपाध्यायले लेखेका छन् । स्टोरी डिरेक्सन भने निर्देशक थापाकै छ । निरज कँडेलको डिओपी रहने सिनेमामा शेर शाही क्रिएटिभ डिरेक्टर छन् ।

स्टाइल डिरेक्सन विशाखा बिक्रम थापाको रहनेछ भने सिनेमेटोग्राफी विशेष महर्जनको रहनेछ ।

चिफ एडी सिर्जजा भुजेल, असिस्टेन डिरेक्टर राजिव गहतराज, एक्सन डिरेक्टर एनबी महर्जन रहनेछन् । लाइन प्रोडुसरमा वारिस सोना, कार्यकारी निर्मातामा रमेशबहादुर शाही छन् ।

रे अफ आर्टको प्रस्तुति रहने चलचित्रमा भिषा आई फिल्मस र साही फिल्मस पनि सहकार्य रहनेछ । आत्रेय प्रोडक्सन हाउसको उत्पादन रहने बताइएको छ ।

Page Views: 80
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama