Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

धरानमा ‘त्रिगुट म्युजिकल नाइट’ हुँदै

- shuvadmin / शनिबार, साउन ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, श्रावण १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्यूजिकल नाइट’ आयोजना हुने भएको छ ।

कार्यक्रमको आयोजना हश क्रिएशन्स, दृश्यस् सि द अनसिन, र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेले संयुक्त रूपमा गर्न लागेका हुन् ।

आयोजकहरूका अनुसार कार्यक्रम श्रावण १६ गते दिउँसो ३ बजेदेखि शुरु हुनेछ ।

कार्यक्रममा चर्चित ब्यान्डहरू स्वर, रकहेड्स र द फिरन्तेले प्रस्तुति दिनेछन् । यी ब्यान्डहरूले आफ्नो लोकप्रिय गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई झुमाउनेछन् ।

कार्यक्रममा भ्वाइस अफ नेपालका लोकप्रिय गायकहरू सार्थक लामा र प्रमेश राई पनि मञ्चमा उत्रिनेछन् ।

साथै, धरानका चर्चित ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, द क्राइसिस, र दि एलाइज ब्यान्डको पनि उत्साहजनक प्रस्तुति रहनेछ ।

यी कलाकारहरूको उपस्थिति कार्यक्रमलाई थप आकर्षक बनाउने पक्का देखिन्छ ।

कार्यक्रमका आयोजक आकाश रावल भन्छन्, “त्रिगुट म्युजिकल नाइट अघिल्ला कन्सर्टहरूभन्दा धेरै फरक हुनेछ ।

भिआइपी, फ्यानपिट र जनरल जोन स्पष्ट रूपमा छुट्याइएको छ । साथै, सम्पूर्ण कार्यक्रम सुरक्षित र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको छ ।”

धरानको संगीत क्षेत्रमा निकै ठूलो अपेक्षा राखिएको यस कन्सर्टलाई लिएर स्थानीय मात्र होइन, आसपासका शहरहरूबाट पनि दर्शकहरूको उपस्थिति रहने अनुमान गरिएको छ ।

‘त्रिगुट म्युजिकल नाइट’ संगीतप्रेमीका लागि एक अविस्मरणीय अनुभव बन्नेमा आयोजकहरू ढुक्क छन् ।

Page Views: 55
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
छैटौँ आदिवासी चलचित्र महोत्सव सुरु
गायक मोतिराज र गायिका यशोदा कार्कीको “बैगुनी मायालु” चर्चामा
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama