Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, चैत २९, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूजन काफ्लेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक

- shuvadmin / मङ्गलबार, साउन १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, गायिका पूजन काफ्लेको शब्द, संगीत तथा स्वर रहेको नयाँ तीज गीत ‘छड्के तिलहरी’ सार्वजनिक गरेकी छन् ।

तीजको पूर्वसन्ध्यामा पारेर गायिका काफ्लेले सोमबार गीत ल्याएकी हुन् ।

बिद्यालय सञ्चालिका समेच रहेकी काफ्लेको गीतमा आदेश गुर्मछानको संगीत संयोजन छ ।

गीतमा गहना पाउँदाको खुसी समेटिएको गीतमा गहना महिलाको सौन्दर्यसँग जोडिएको यथार्थ छ ।

तीजमा सँगै मिलेर नाच्ने गाउने परम्परागत संस्कृतिलाई गीतले समेटेको छ ।

केशवराज भट्टको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा शीला गजुरेल, संस्कृति भुजेल र एलीजा काफ्लेको नृत्य छ ।

तीजमा दोहोरी गीत कि रत्यौली गीत भन्ने कुरा अहिले बजारमा जताततै यस्तै सुनिन्छ । तीजका मौलिक गीतहरु बजारमा पाइँदैनन् ।

पछिल्लो समय बजारमा तीज गीतको नाममा बजिरहेका गीतले तीजको मर्म बोल्दैनन् । संस्कृति र परम्पराअनुसार मनाइने तीज लोप भएको छ ।

मनपरि तरिकाका छाडा तीज गीतले गर्दा तीजको परम्परा नै ह्वीस्की खाएर इङ्लिस गीतमा नाच्नेजस्तो भइसकेको छ ।

रत्यौलीमा डान्स गरेर तीज मनाउन थालिएको भान हुन थालेको छ भने अर्कातर्फ तीजका नाममा तीज आउनुभन्दा महिनौं अघिदेखि नै रेडियो, टीभी र युट्युबमा तीजका नाममा गीत बज्न थाल्छन् ।

तर, तीजको मर्म बोकेका गीत भेट्न भने गाह्रो छ । तीज गीतका नाममा उच्छृङ्खल शब्द र दोहोरो अर्थ लाग्ने गीतहरूको बाढी आएको छ ।

तीजको गीतमा यसरी विकृति फैलनुमा सञ्चारमाध्यमकै हात र कमजोरी पनि देखिन्छ । जस्तो पायो त्यस्तो गीतलाई प्राथमिकता दिँदा पनि समस्या आएको छ ।

तीजका अवसरमा आएका अधिकांश गीत रत्यौली शैलीका छन् । यिनलाई सञ्चारमाध्यमले अनावश्यक प्रचार गरिदिएका छन् । त्यसैले पनि विकृति थप मौलाएको छ ।

पहिलेको तुलनामा अहिले तीज गीतमा धेरै लगानी गर्न थालिएको छ । संगीतदेखि भिडियोसम्म धेरै पैसा खर्च गरेर तयार हुने गरेका छन् ।

प्रतिफल कमाउन बजारमा बिक्ने गीत निकाल्नुपर्ने बाध्यता पनि होला । तर, यही कारणले संस्कृति मास्न हुँदैन ।

यो विषयमा गीत निकाल्नेले ठण्डा दिमागले सोच्न जरुरी छ । निजी सञ्चारमाध्यमले त बजारलाई ध्यानमा राखेर यस्ता गीत बजाऊलान्, सरकारी सञ्चारमाध्यमसमेत जिम्मेवार नभएको देखिएको छ ।

यतिखेर सबैतिर तीजको रमाइलो छ । तर, नेपाली चेलीको प्रमुख चाड तीजको आफ्नै धार्मिक मान्यता र सांस्कृतिक परम्परा रहेपनि पछिल्ला दिनमा त्यसतर्फ भन्दा अन्यत्र ध्यान जान थालेकाले यी पक्ष ओझेलमा पर्दै गई विकृति र विसंगतिको बोलबाला बढ्दै गएको अनुभूति हुन थालेको छ।

गीत ल्याउन प्रतिस्पर्धा नै हुन्छ । तर, गीतमा जे जस्ता शब्द समेटिएका हुन्छ जुन कुरालाई इंगित गर्न खोजिएको हुन्छ, त्यो लुकाएर, घुमाएर वा सभ्य र शिष्ट शैलीमा होइन, सिधै भन्न थालिएका कारण अहिलेका तीजे गीत उच्छृङ्खल, अशिष्ट र अमर्यादित बन्दै गएका छन्।

तीज पर्वको आफ्नै धार्मिक विश्वास एवं सांस्कृतिक—सामाजिक मान्यता र महत्त्व छ।

यस चाडमा महिलाले आफ्ना दैनिक भोगाई र पीडालाई गीतका रूपमा व्यक्त गर्ने अवसरका रूपमा उपयोग गर्ने पुरानो मान्यता र प्रचलन हो।

यस अवसरमा आफूले भोग्नुपरेका पीडा र बुहार्तन अनि घरौंले र पतिका आनीवानी र व्यवहारमात्र होइन, आफ्ना सुख, सुविधा र सम्पन्नताका पक्ष पनि महिलाले गीतका माध्यमद्वारा सार्वजनिक गर्ने गर्छन्।

यसरी तीजका गीतको आफ्नै मूल्य र मान्यता छ। समयसँगै यसमा सामान्य परिवर्तन आउनु स्वाभाविक हो । तर, यसलाई विकृत बनाउने जुन होड चलेको छ, त्यो भने दुर्भाग्यपूर्ण छ।

तीजका नाममा बजारमा आएका छाडा गीतका कारण बदनाम भएको तीजलाई काफ्लेको गीलले केही खुसि बनाएको छ ।

Page Views: 24
संबन्धित शिर्षकहरु
भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
चलचित्र ‘भूठान’ विश्वविख्यात ओटिटि प्लेटफर्म अमेजनमा सार्वजनिक
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’ सार्वजनिक
ताजा अपडेट
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सर्वोच्च अदालत
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन
  • राष्ट्रपति रामचन्द्र पौडेले दुवै सदनलाई सम्बोधन सरकार जनमत र जनताको चहाना अनुसार चल्नुपर्छ

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama