Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ले जित्यो दर्शकको मन

- shuvadmin / बुधबार, साउन १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएलगत्तै लोकप्रिय भएको छ । डान्सिङ नम्बर ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लोकप्रिय भएको हो ।

तीजको यो गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेका छन् निर्देशक सरोज पौडेलका अनुसार २० हजारभन्दा धेरै टिकटक भिडियो बनिसकेका छन् ।

युट्युबमा १० लाखभन्दा धेरै दर्शकले हेरिसकेको गीत फेसुकमा ७० लाखभन्दा धेरैले हेरेको उनले बताए ।

“नेपाली संस्कृति पनि जोगाउँदै सभ्य र भव्य गीत हामीले दर्शकमाझ पस्किएका थियौँ,” उनले भने, “हाम्रो अपेक्षाअनुसार नै दर्शकले मन पराइदिनु भएको छ । दैनिक हजारौँले भिडियो बनाइरहनु भएको छ ।”

गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।

गीत तीजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ ।

विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् ।

विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् ।

निर्माणपक्षले यो गीतमा टिकटक प्रितस्पर्धा समेत घोषणा गरेको छ । प्रितस्पर्धा अगस्ट २० सम्म सहभागीले भागलिन पाउनेछन् ।

टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग नत्र भने जिन्दगी व्यर्थ छ मेन्सन गर्नु पर्नेछ ।

यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउनेछन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्र ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ ।

‘पूर्ण बहादुरको सारंगी’का निर्देशक पौडेलले निर्देशन गरेको भएकाले ‘कोशेढुंगा’ चलचित्र प्रतिक्षित सिनेमा बनेको छ ।

नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको चलचित्र ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

‘कोशेढुंगा’को निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । चलचित्रको कार्यकारी निर्माता दिनेश खड्का हुन् ।

बाबु श्रेष्ठले छायांकन गरिरहेको यो चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ ।

यस चलचित्रको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् । नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ ।

यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ ।

पहिलो पटक यति धेरै देशमा एकसाथ चलचित्र प्रदर्शन हुँदा ‘कोशेढुंगा’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइ दिने अपेक्षा निर्माण टिमको छ ।

Page Views: 89
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama