Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, जेठ २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गाईजात्रा विशेषः शहर पस्ने नेताहरू सबै जना चोरै चोर भए !

- shuvadmin / सोमबार, साउन २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

राजु वैकल्पिक

घर घर कि काहानी नेपालका सबै नारी महारानी
न आफ्नो न अर्काको फसाउँछन् छानी छानी
टिकटकमा उत्ताउलो उत्ताउलो भिडियो पोष्ट गर्ने बानी
कसैले कमेन्ट गरे गर्जिन्छन् आफैं सती साबित्री भनी

घर घरको कथा नेपालका पुरूष सबै बाठै बाठा
पाएसम्म साना ठूला कसैलाई नछोडी बन्छन् नाठा
समाजिक संजालमा नै घर गृहस्थी समाल्ने आदिपुरूष भाका
कसैले थाहा पाइ हाले कुना बसी सुनाउँछन् एक अर्काका ब्यथा

देश बनाउँछौ भन्ने दलहरू बोक्छन् धारिलो छुरा
५०औं बर्ष सम्म सुनीदिनु पर्ने यी थोत्रा बुढाका कुरा
गतिलो नेता छान्ने भन्दा भन्दै उमेर हुन्छ पूरा
नयाँ भनी आएका सबै यीनीहरूलाई लाग्छ भुरै भुरा

परिवर्तनका लागि क्रान्ति गर्नेले आफ्नै मात्र परिवर्तन गरे
सातौं पुस्तालाई पुग्ने गरी देश बिदेशमा सम्पत्ति भरे
नँया नेपाल भन्दै भन्दै भड्खालोमा हाल्ने बीउ छरे

ब्यक्ति ब्यक्तिका लागि कानून बनाउने यो कस्तो नीति
अपराधी बनाउने अनि जोगाउने पनि हाम्रो राजनीति
न्याय पाउन सर्वस्व लुटाउनु पर्ने यो कस्तो परिस्थित
देशै भर किन फैलाउँदै छौ यो कुसंस्कार वाला बेथिति

रातो राम्रो गुलियो मिठो, हाम्रो संस्कार संस्कृति
देश हाक्ने ८० बर्षे ठिटो, अनि बढ्दैन त बिकृति र बिसंगति
भाषण मात्रै सुनाएर बाँडछन सुख र शान्ति
यिनीहरूको मोज मस्तीलाई जनताले थाप्छन् छाती

सत्ता हत्याउने दाउँमा चोचो मोचो मिलाउने
आफूले नपाएसम्म शासन ब्यबस्था नै उल्टाउने
जे जसरी हुन्छ सोझा साझा जनता नै झुक्याउने
आफ्नो कर्तुत लुकाउन एक अर्कालाई नङग्याउने

फाइल माथि फाइल खोली खेल्छन् कबड्डी घरिघरी
आरोप पनि के के हुन संसदमै सुनाउँछन थरिथरी
आफ्नो कुरा तल परे उठ्दै बस्दै लाउँछन् नारा वरिपरी
माखो मार्नु केही छैन् तलब भत्ता बुझछन् हस्ताक्षर गरी

बोल्नेको पिठो बिक्छ, नभएका काण्डै काण्ड झिक्छ
पद र पैसा मिलेपछि, गोरू पनि साँडे भन्दै आफैं बिक्छ
बोली पनि कति मिठा, उखान टुक्का सबै मिल्छ
पाएसम्म देशै बेची, एक्लै आफैं सबै घिच्छ

नेपाल रहे नेपाली रहन्छ भन्ने कता कता गए !
शहर पस्ने नेताहरू सबै जना चोरै चोर भए !
गन्ने मान्ने भनाउँदाको अपराधको जय जय
लुटी लुटी खाने हो , यहाँ कसलाई के को भय

उल्टाउने, पल्टाउने,गलहत्याउने यो कस्तो षड्यन्त्र
गनाउने, कुहियाउने, झिकाउने यो कस्तो गणतन्त्र
यत्रतत्र सर्बत्र जनता झुकाउने यो कस्तो राज्यतन्त्र
लुट, झुट, चुट, छुट ,भुट यही हो संिबधानको मूल मन्त्र

शासनलाई रासन ठान्नेहरू यो कस्तो अनौठो विधि हो
भाषणलाई बिकास भन्नेहरू यो कस्तो बनावटी नीति हो
आसनलाई सिंहासन ठान्नेहरू यो कस्तो कुर्सी हो
आलो पालो गरौ भन्नेहरू यो कस्तो बुर्कुषि हो

अन्य देशमा योजना बन्छ देश बनाउनका लागि
नेपालमा योजना बन्छ भ्रष्टाचार बढाउनका लागि
विभिन्न मुद्वा उठाउँछन केवल आफू बचाउनका लागि
साम दाम दण्ड भेद लगाउँछन् प्रतिषोध लिनका लागि

अलंकार, अंहकार र बलात्कारलाई फरक नदेख्नेहरू
ब्यबिचार,दूराचार र भ्रष्टाचारलाई पोल्टामा राख्नेहरू
बहिष्कार ,तिरस्कार र कुसंस्कारलाई कर्म मान्नेहरू
आचार, बिचार र सदाचार सिकाइदेउन ऐ जान्नेहरू

पहिले पहिले काले काले मिलेर खान्थे भाले
आजभोलि पाएसम्म एक्लेै खान्छ साले
मिलेर खाँदा संगठन मजबूत छ भन्थे बाले
एक्लै खाँदा संगठन कमजोर भयो भन्छन् झोले

तातो पिरो हुने नायक नायिका चिसो अमिलो भाछन्
छेउ न टुप्पो नमिलेको गीत गायक गायिकाले गाछन्
खकार कस्को भनीकन चिन्न नसक्ने पत्रकार भाछन्
कर्म के हो नबुझिकन अधिकारकर्मी हुँ भन्दै आछन्

झुटो बोल्ने र झुट बिकाउनेहरूको पेशा वकालत
न्यायसमेत दलको ठेक्कामा लगाउने हाम्रो अदालत
हेरैकै भरमा रोगी पत्ता लगाउने चिकित्सकको आदत
क्लिनिक चलाएकै छन् अस्पतालमा आन्दोलन गरे बापत

शिक्षकहरूलाई आफ्नै चिन्ता बिधार्थी बिदेश गए हुने
शिक्षा दीक्षा आफ्नै झोलामा सेवा सुबिधा बढाए हुने
सडकमै आइ नाचगान गरी अधिकारका लागि लडेका भन्ने
यस्ताको शिक्षाले कहिले बिधार्थी कर्णधार बन्ने

सानो चित्त भएका जति नेपालका उद्योगपति
विश्वमानै कहलिएका धेरै छन् यहि देशमा अरवपति
अवौं खवौं सम्पती थुपारेर मात्रै के गर्छौ मरेपछि
मान सम्मान ईज्जत भन्दा ठूलो होइन है सम्पत्ति

धर्मका नाममा अन्धविश्वास फैलाउने हे धर्मभिरूहरू
अन्धकारमा रूमल्लिरहेछन् बोल्न नसक्ने ती भक्तहरू
पाप र धर्मको ठेक्का लिएका हे पाखण्डी स्वघोषित महाराज
तिम्रा पूजा पाठ र भजनले कलियुगमा कतै गर्ने छैन् राज

आडम्बरको खोल ओढी, कति चुस्छौ जनताको बोली
जुनसुकै पेशामा भएपनि देखाउ जनतालाई इमानदारी
संस्कार र संस्कृति रहिरहे नेपाली भनी गर्व गरौंला भोलि
बेलैमा नसोचे रून पनि पाउने छैनौं बसी नेपालै भरी

सुन्नेलाई पहिलाको जस्तो छैन् सुनको माला
सुन्ने नसुन्ने दुबैको बनाउने हो रातो छाला
भन्नेलाई पनि छैन् यसपाली फूलको माला
जस्ले यो कुरा दोहोर्याउँछ बनाउने हो त्यसको रातो गाला

यति कुरा सुने पछि तपाईहरूको बुद्धि आउला कि नआउला !
थाहा छैन् अब यो कुरा वैकुण्ठ निवासीले पाउला कि नपाउला !

Page Views: 50
संबन्धित शिर्षकहरु
काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
छैटौँ आदिवासी चलचित्र महोत्सव सुरु
प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
ताजा अपडेट
  • काठमाडौँमा चिनियाँ सिनेमाको धमाका
  • देशका विभिन्न राजमार्गहरू अवरुद्ध
  • फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
  • म्याग्दीमा ८ थान भरुवा बन्दुक बरामद
  • प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ : हर्कराज राई
  • पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
  • बहराइनकाे अमेरिकी ‘फिफ्थ फ्लिट’मा इरानद्वारा ड्रोन आक्रमण
  • पदाधिकारी हटाउने निर्णयविरुद्धकाे रिटकाे सुनुवाइ हुँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama