Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

‘अभिमन्यूः च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर, अब कार्तिक २१ गते विश्वव्यापी प्रदर्शनमा आउने

- shuvadmin / सोमबार, असोज २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चलचित्र ‘अभिमन्यूः च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ ।

देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो ।

यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ ।

चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।

दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ ।

उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

‘अभिमन्यु स् च्याप्टर १’ नेपाली दर्शकका लागि मात्र नभई विश्वभरका दर्शकका लागि लक्षित छ ।

यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन गरिनेछ ।

यसका साथै, भारत र विश्वका विभिन्न देशहरूमा समेत कार्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

यसले चलचित्रलाई बृहत् दर्शकमाझ पुर्‍याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु स् च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरि, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायत कलाकारहरू मुख्य भूमिकामा छन् ।

चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यूः च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरि हुन् ।

रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।

सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतोको डीओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भीएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।

Page Views: 52
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने
  • मनसुनी प्रणाली पूर्वबाट मध्य भागमा विस्तार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama