Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भाइटीकाका दिन चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदै

- shuvadmin / मङ्गलबार, कार्तिक ०५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, कात्तिक ६ गते भाइटीकाका दिन चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज हुँदा फेरि एकपटक विजय बरालको अभिनय देख्न पाइनेछ ।

‘पूर्ण बहादुरको सारङ्गी’मा पूर्णेको क्यारेक्टरबाट आफूलाई नेपाली सिने बजारमा मेनस्ट्रिम कलाकारको पंक्तिमा उभ्याएका विजय यो चलचित्रमा कस्ता देखिनेछन् ?

‘पूर्ण बहादुरको सारङ्गी’मा बुढो गाइनेको भूमिकामा देखिएका विजय यो चलचित्रमा योङ एन्ड इनजेटिक पात्रमा देखिनेछन् ।

जहाँ उनले समाजमा वरिष्टको छवि बनाएर बसेको व्यक्तिलाई चुनौती दिन्छन् ।

राज्य प्रशासन समेत आफ्नो मुठ्ठीमा लिएर बसेको दयाहाङको पात्रलाई ठेगान लगाउने भन्दै हिँड्ने उनको क्यारेक्टर छ ।

एकातिर धर्म बाउआमाप्रतिको दायित्व, अर्कातिर युवतीसँगको अफेयर अनि मुख्य कुरा खोलामा रहेको वरिष्ठको एकाधिरकार तोड्ने प्रयासमा रहेको चरित्रमा विजयलाई ‘वरिष्ठ बलराम’मा देखिनेछ ।

वरिष्ठको भूमिकामा दयाहाङ हुँदा विजय बलेको क्यारेक्टरमा छन् । उनी बले नै रहन्छन् वा बलराम बन्छन्, त्यो भने हालसम्म निर्माणपक्षले प्रष्ट पारेको छैन ।

तर, वरिष्ठसँग कुम जुधाएका छन् । त्यसैले यी दुई पात्रबीचको द्वन्द्वले चलचित्रलाई उत्कृष्ठ बनाएको विश्वास दर्शकमा छ ।

“जसरी पूर्णेको क्यारेक्टर हिट भयो । दर्शकले रुचाइदिनुभयो त्यस्तै हिट नहोला बलेको क्यारेक्टर भन्ने पनि लाग्छ ।

तर, सजिलो भने पक्कै छैन,” विजय भन्छन्, “जसरी पूर्णे र बिकेको क्यारेक्टर हिट भएर दर्शकले चिन्नुभयो ।

त्यसरी दर्शकको दिमागमा बसेको छविलाई भत्याएर अर्को सेट गर्न सहज भने छैन । तर, कहिलेकाँही सिम्पल कुरा नै हिट हुन्छ ।”

अनुभवी कलाकार र निर्माण टिम रहेकाले ‘वरिष्ठ बलराम’ले दर्शकलाई निराश नबनाउने धेरैले विश्वास गरेका छन् ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् ।

लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

Page Views: 78
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama