Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन २३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा १२ जनाको मृत्यु

- shuvadmin / सोमबार, कार्तिक १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, उत्तरी अफगानिस्तानको सबैभन्दा ठूला सहरमध्ये एक मजार–ए–शरीफनजिकै गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

सयौँ मानिस घाइते भएका देशको विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान सबेरै गएको यो भूकम्पको केन्द्रविन्दु मजार–ए–शरीफ सहरनजिकै २८ किलोमिटरको गहिराइमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षण ९यूएसजीएस०ले जनाएको छ ।

मजार–ए–शरीफ बाल्ख प्रान्तको राजधानी र उत्तरी अफगानिस्तानको सबैभन्दा बढी जनसंख्या भएको सहरमध्ये एक हो ।

अफगानिस्तानमा हालैका वर्षमा भूकम्पमा परी सयौँ मानिसको मृत्यु भएको छ । यूएसजीएसका मोडेलले यो भूकम्पको कम्पनबाट सयौँको मृत्यु हुन सक्ने अनुमान गरेका छन् ।

भूकम्पबाट मजार–ए–शरीफको निलो मस्जिद (ब्लु मस्क)मा पनि देखिने गरी क्षति पुगेको छ । यो मस्जिद अफगानिस्तानको वास्तुकलाको खजाना र प्रमुख तीर्थस्थल हो ।

सीएनएनले ‘जियोलोकेट’ गरेको सामाजिक सञ्जाल फुटेजमा मस्जिदबाहिर जमिनमा भग्नावशेष छरिएको देखिन्छ ।

यो स्थानलाई इस्लामका चौथो खलीफा र पैगम्बर मोहम्मदका ज्वाइँ हजरत अलीको विश्रामस्थल मानिन्छ ।

यूएसजीएसका अनुसार, यो भूकम्प उत्तरी अफगानिस्तानको सीमा जोडिएका तीन देश – ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानमा पनि महसुस गरिएको थियो ।

Page Views: 62
संबन्धित शिर्षकहरु
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • शासकीय अराजकता बढेको कांग्रेस सभापति थापाको आरोप, कांग्रेसलाई सक्रिय भूमिका खेल्न आग्रह
  • भदौदेखि पुनः आन्दोलनमा उत्रने शिक्षक महासंघको घोषणा, शिक्षा ऐनदेखि सेवा–सुविधासम्मका माग अघि
  • प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा स्पष्टीकरण माग्दै प्रतिनिधिसभामा विपक्षीको निरन्तर विरोध
  • प्रधानमन्त्री कार्यालयद्वारा चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक, तीन महिनामा ३८४ मन्त्रिपरिषद् निर्णय
  • मल अभावले सर्लाहीका किसान संकटमा, लाइन बस्दा पनि रित्तै फर्किन बाध्य
  • बक्स अफिसमा ‘गौंथली’को दबदबा, सर्वाधिक कमाउने सातौं नेपाली फिल्मको कीर्तिमान
  • राष्ट्रियसभाको बैठक स्थगित, साउन २७ गते बस्ने
  • बिल लिने बानी बसाल्न सरकारको नयाँ योजना, ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ शुरु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama