Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तेस्रो चरणको अफगान–पाक शान्ति वार्ता निष्कर्षविहीन, दुवैले लगाए एकअर्कालाई दोष

- shuvadmin / आइतबार, कार्तिक २४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, अफगानी तालिबान सरकारले टर्कीमा भएको वार्ता असफल हुनुको दोष पाकिस्तानलाई दिएको छ ।

इस्तानबुल वार्तामा पाकिस्तानी प्रतिनिधिमण्डलले पाकिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगानिस्तानमा सार्ने प्रयास गरेको बताएको छ।

इस्लामिक इमिरेट्सको असल नियत र मध्यस्थकर्ताहरूको सबै प्रयासका बाबजुद पनि पाकिस्तानी प्रतिनिधिमण्डलको गैरजिम्मेवार व्यवहारका कारण वार्ता कुनै निष्कर्षमा पुग्न सकेन ।

अफगान तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

कसैलाई पनि अफगानिस्तानको भूमि कुनै पनि अन्य देशविरुद्ध प्रयोग गर्न दिइने छैन, न त कुनै पनि देशलाई आफ्नो क्षेत्रबाट अफगानिस्तानको राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता र सुरक्षा विरुद्ध कार्यहरू गर्न वा समर्थन गर्न दिइनेछ।

उनले वार्ताको क्रममा पाकिस्तानी पक्षले आफ्नो देशको सुरक्षाको सम्पूर्ण जिम्मेवारी अफगान सरकारमा सार्ने प्रयास गरेको बताए ।

जबकि अफगानिस्तानको सुरक्षा वा शान्तिको लागि कुनै पनि जिम्मेवारी स्वीकार गर्न इच्छुक छैन।

पाकिस्तानका जनता अफगान जनताका दाजुभाइ हुन् । अफगानिस्तानले उनीहरूको कल्याण र शान्तिको लागि प्रार्थना गर्दछ र आफ्नो क्षमता र जिम्मेवारीले भ्याएसम्म उनीहरूसँग सहकार्य गरिरहनेछ, उनले भने ।

अफगान जनताको रक्षा गर्नु अफगान तालिबानको कानुनी र राष्ट्रिय जिम्मेवारी भएको उनले बताए ।

कुनै पनि आक्रमणको पूर्ण शक्तिका साथ सामना गरिने उनले चेतावनी दिए ।

पाकिस्तान र अफगानिस्तान बीचको तेस्रो चरणको शान्ति वार्ता शनिबार कुनै सम्झौताबिना नै समाप्त भएको थियो ।

वार्ता असफल भएकोमा दुवै देशले एकअर्कालाई दोष दिएका छन् ।

कतार र टर्कियाको मध्यस्थतामा इस्तानबुलमा भएको दुई दिने वार्तामा अफगान सरकारले पाकिस्तानले गैरजिम्मेवार अडान अपनाएको आरोप लगायो।

अक्टोबर ९ मा शुरू भएको द्वन्द्वपछि, दुवै पक्षले अक्टोबर १९ मा कतारमा युद्धविराममा हस्ताक्षर गरेका थिए ।

अक्टोबर २५ देखि ३० सम्म टर्किएमा भएको आतंकवाद विरोधी दोस्रो चरणको वार्ता कुनै सम्झौता बिना नै समाप्त भयो। यद्यपि, युद्धविराम कायमै छ।

Page Views: 25
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama